धनगढीः नेपाल प्रहरीका ८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार एकैपटक ८ जना इन्स्पेक्टरको काज सरुवा गरेको हो।
समय पुगेका इन्स्पेक्टर प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गरिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरमा कार्यरत ज्ञानेन्द्रबहादुर सिंहलाई जिल्ला प्रहरी कार्यालय दार्चुलामा काज सरुवा गरिएको छ।
इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरमा कार्यरत दानसिंह भण्डारीलाई जिल्ला प्रहरी कार्यालय बाजुरा, नेपाल प्रहरी अस्पताल प्रबन्ध शाखा महाराजगन्जमा कार्यरत देबेन्द्रसिंह बुढाथोकीलाई इलाका प्रहरी कार्यालय बेल्डाँडी कञ्चनपुर, वडा प्रहरी कार्यालय (क) महेन्द्रनगर कञ्चनपुरमा कार्यरत प्रकाशसिंह भण्डारीलाई नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर कञ्चनपुरमा काज सरुवा गरिएको छ।
त्यस्तै नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय बौद्ध विद्युतीय कसुर तथा साइबर अपराध अनुसन्धान शाखाका कार्यरत मानसिंह ऐरीलाई इलाका प्रहरी कार्यालय सुर्यपुरा भजनी कैलालीमा काज सरुवा भएको छ।
प्रहरी वृत्त लैनचौरमा कार्यरत लोकेन्द्रबहादुर विष्टलाई वडा प्रहरी कार्यालय (क) महेन्द्रनगर कञ्चनपुर, नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर कञ्चनपुरमा कार्यरत सन्दीप चन्द शाहलाई इलाका प्रहरी कार्यालय बेलौरी प्रहरी वृत्त जगाती भक्तपुरमा कार्यरत सुर्यबहादुर शाहीलाई इलाका प्रहरी कार्यालय झलारी अर्जुनी कञ्चनपुरमा काज सरुवा गरिएको छ।
प्रतिक्रिया