काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रवक्ताको जिम्मेवारी सहसचिव भोला दाहाललाई दिएको छ । फागुन १६ गतेदेखि
लागु हुनेगरी दाहाललाई प्रवक्ताको जिम्मेवारी दिएको अख्तियारले जनाएको छ ।
यसअघिका प्रवक्ता श्याम भण्डारीको सरुवा भएको थियो । फागुन ११ गते बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव भण्डारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश एकमा सरुवा गरेको थियो ।
आयोगले सहायक प्रवक्ता एवम् सूचना अधिकारीको जिम्मेवारी आयोगमा कार्यरत उपसचिव देवीप्रसाद थपलियालाई दिएको छ ।
प्रतिक्रिया