जयगढ रामारोशन सडक खण्ड अन्तर्गत जयगढ बजार नजिकै ट्र्याक्टर दुर्घटना भएको छ ।
जयगढ रामारोशन सडक खण्ड अन्तर्गत बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर५ मा पर्ने नाना पिपलमा ट्र्याक्टर दुर्घटना भएको हो ।
साँफेबगरदेखि इन्धन बोकेर मुजाबगर जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
ट्र्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेको छ । यही ठाउँमा केही वर्ष अघि जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया