डडेल्धुराः डडेलधुराका व्इवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको ब्याज घटाउनुपर्ने माग अघि सारेका छन्। उनीहरुले बैंकको ब्याज चर्को रहेको उल्लेख गर्दै सदरमुकाममा ब्याजदरविरुद्ध आन्दोलन गरेका छन्।
मंगलबार डडेलधुरा सदरमुकामको बजार बन्द गरेर उनीहरु आन्दोलनमा उत्रिएका हुन्। बजारका सबै पसल बन्द गरिएको छ। बैंकको चर्को ब्याजदर र नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीतिविरुद्ध पहिलो चरणमा शान्तिपूर्ण आन्दोलन गरिएको व्यवसायीले बताएका छन्। डडेलधुरा उद्योग वाणिज्य संघको अगुवाइमा आन्दोलन भएको हो।
व्यवसायीहरुले ब्याजदर घटाउनुपर्ने, ऋणको किस्ता र ब्याज तिर्ने समय बढाउनुपर्ने लगायतका माग सुदूरपश्चिम प्रदेशका व्यवसायीले अघि सार्दै बुधबार र विहिबार समेत पसल बन्द गरेर स्थानीय बैंक अगाडि धर्ना दिने कार्यक्रम राखेका छन्।
प्रतिक्रिया