Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

डोटीका तीन पालिकाभित्र सार्वजनिक यातायात, आम्दानीभन्दा खर्च धेरै

अछाम टुडे by अछाम टुडे
फेब्रुअरी 28, 2023
in समाज
3
0
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

धनगढीः डोटीका तीनवटा पालिकाले आफ्नै खर्चमा सार्वजनिक यातायात सञ्चालन गरिरहेका छन्। २०७४ सालदेखि नै पालिकाहरुको पहलमा सार्वजनिक यातायातका साधन सञ्चालन भइरहेका हुन्। यात्रुहरुको सहज र सुरक्षित यात्राका लागि पालिकाहरुले बस सेवा सञ्चालनमा ल्याएको भए पनि आम्दानीभन्दा खर्च बढी हुन थालेपछि नियमित सञ्चालनमा कठिन भइरहेको जनप्रतिनिधिको गुनासो छ।


डोटीका स्थानीय तहहरुले सार्वजनिक यातायातमा केही नमुना काम गरेका हुन्। छोटो दूरीका यात्रुलाई सार्वजनिक यातायात सेवामा गरिने दूव्र्यवहारबाट जोगाउन तीन पालिकाले बससेवा सञ्चालनमा ल्याएका छन्। स्थानीय तहहरुले बस सेवालाई निरन्तरता दिएपछि यात्रु खुसी देखिएका छन्।


तर सार्वजनिक रुपमा बस सेवा सुरु गरिए पनि आम्दानी भन्दा खर्च बढी हुन थालेपछि नियमित सञ्चालनमा थोरै कठिन हुने गरेको दिपायल सिलगढी नगरपालिकाका प्रवक्ता दशरथ बलायरले बताए। दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र पूर्वीचौकी गाउँपालिकाले बस सेवा सञ्चालनमा ल्याएपछि सो क्षेत्रका स्थानीय सार्वजनिक यातायात व्यवसायीहरुको यातनाबाट भने छुटकारा पाएका छन्।


तीनवटै पालिकाहरुले पालिकाबाट स्थानीय बासिन्दाहरुलाई दैनिक रुपमा जिल्ला सदरमुकाम सिलगढी र व्यवसायीक क्षेत्र दिपायलसम्म ओसारपसार गर्दै आएका छन्। स्थानीय पालिकाहरुकै लगानीमा बससेवा सञ्चालनमा ल्याउने नमुना कार्य डोटीमा मात्रै हो। २०७४ को स्थानीय तह निर्वाचनबाट आएका जनप्रतिनिधीहरुले निर्वाचित भएको दोस्रो वर्षबाटै बस सेवा सञ्चालनमा ल्याएका हुन्।


स्थानीयको सहजताका लागि बस सेवा नियमित रुपमा सञ्चालन भइरहेको शिखर नगरपालिकाका मेयर दीर्घबहादुर बलायरले बताए। ‘तत्काल नयाँ बस थप्ने योजना नभए पनि नयाँ रुटहरुमा पनि बस सेवा सुरु गर्ने विषयमा छलफल भइरहेको छ।’ ज्येष्ठ नागरिक, अपाङ्ग र पत्रकारहरुलाई विशेष सहुलियत दिइएको बस सेवामा निजी क्षेत्रको सार्वजनिक यातायातभन्दा भाडादर सस्तो छ। २०७८ मा निर्वाचित जनप्रतिनिधीहरुले समेत प्राथमिकता दिएपछि बससेवा थप प्रभावकारी बनेको छ।


दिपायल सिलगढी नगरपालिकाले तीन, शिखर नगरपालिकाले दुई तथा पूर्वीचौकी गाउापालिकाले दुईवटा बस सञ्चालनमा ल्याएका छन्। कच्ची बाटो भएकाले यातायात सेवा सहज रुपमा सञ्चालन गर्न कठिन हुने गरेको पुर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए। पछिल्लो समय पक्कीबाटोमा मात्र नभएर केही ग्रामिण क्षेत्रमा समेत बस सेवा विस्तार गरिएको छ।

Previous Post

दार्चुलाकी सुरन्तीले गर्भमै गुमाइन् शिशु

Next Post

नेपाल केहि वर्षमै बिद्युतमा आत्मनिर्भर बन्छ : कुलमान घिसिङ

Next Post

नेपाल केहि वर्षमै बिद्युतमा आत्मनिर्भर बन्छ : कुलमान घिसिङ

प्रतिक्रिया

ताजा समाचार

विशेष

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

by अछाम टुडे
मे 8, 2025
0

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका...

Read more

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

अप्रिल 15, 2025

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

अप्रिल 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In