Achham Today (अछाम टुडे)
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

फागुन १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने

अछाम टुडे by अछाम टुडे
फेब्रुअरी 28, 2023
in राजनीति
4
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँः राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको हो। उक्त आचारसंहिता, भदौ १३ गते नै नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ।


गत माघ १६ गतेको निर्णय अनुसार आयोगले यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको तोकेको छ। आयोगको निर्णय अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदाता रहेका छन्।
संवैधानिक व्यवस्था राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता रहेको निर्वाचक मण्डल रहने छ। स्वीकृत कार्यक्रमबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भई यही फागुन १३ गते उम्मेदवारीको मनोनयन पत्र दर्ता भइसकेको छ भने आज साँझ ४ बजेसम्म उम्मेदवारले मनोनयन पत्र फिर्ता लिन सक्ने र तत्पश्चात् आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।


आयोगले निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्न सबै पक्षलाई आग्रह गरेको छ।

Previous Post

लोसपाले गठन ग¥यो २१६ सदस्यीय केन्द्रीय समिति 

Next Post

 बैतडीमा शिक्षकले कुटे वडा सदस्य साउँदलाई

Next Post

 बैतडीमा शिक्षकले कुटे वडा सदस्य साउँदलाई

प्रतिक्रिया

ताजा समाचार

अछाम बिशेष

तुर्माखाँद गाउँपालिकाले बजेट निर्माण अघि सुझाव संकलनमा देखायो सक्रियता, अब जनताको आवाज बजेटमा प्रतिविम्बित हुने

by सागर देबकोटा
जुन 21, 2025
0

अछाम — आगामी आर्थिक वर्ष २०८२र८३ का लागि तुर्माखाँद गाउँपालिकाले बजेट निर्माणको तयारीलाई फरक शैलीमा अघि बढाएको छ। विगतमा आलोचना...

Read more

पञ्चदेवल विनायकको ऐतिहासिक कदम घरेलु मदिरा ब्रान्ड बनेर बजारमा आउँदै

जुन 21, 2025

पञ्चदेवल विनायक नगरपालिकाको १४औं नगरसभा सम्पन्न, आगामी वर्षको नीति तथा कार्यक्रम पारित

जुन 20, 2025

हिच्माको हृदय– बडिरुख चौतारी र जाल्पा देवी मन्दिर : पुनर्निर्माणको पर्खाइमा

जुन 15, 2025

एलिना चौहानको ‘गल्ती गरे माया लाएर’ सार्वजनिक

जुन 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय

    © 2020 Achham Today| With ❤️ by Webpal

    No Result
    View All Result
    • अछाम बिशेष
    • कला
    • कारोबार
    • खेल
    • ग्लोबल
    • प्रदेश
    • राजनीति
    • समाज
    • सूचना प्रविधि
    • विशेष

    © 2020 Achham Today| With ❤️ by Webpal

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Create New Account!

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In