काठमाडौँः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले केन्द्रीय समिति गठन गरेको छ।
पार्टी गठन भएको डेढ वर्षपछि मात्र लोसपाले केन्द्रीय समिति सदस्यको नामावली तयार गरी त्यसलाई आज अन्तिम रूप दिएको हो। बबरमहलस्थित केन्द्रीय कार्यालयमा जारी शीर्ष नेताहरुको बैठकमा केन्द्रीय समितिको बारेमा छलफल भइरहेको छ। आज त्यसलाई अन्तिम रूप दिएर सार्वजनिक गर्ने स्रोतले जनाएको छ।
आम चुनाव सकिएलगतै केन्द्रीय समिति गठनको तयारीमा पार्टी लागेको थियो। जिल्ला–जिल्लाबाट नामावली संकलन गरी २१६ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो।
प्रतिक्रिया