Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

राष्ट्रपति निर्वाचनः आज उमेदवारले नाम फिर्ता लिन सक्ने  

अछाम टुडे by अछाम टुडे
फेब्रुअरी 28, 2023
in राजनीति
6
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं: राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिन सक्नेछन्। उमेदवारी फिर्ता लिन चाहने उमेदवारले उमेदवारी फिर्ता लिनसक्ने निर्वाचन आयोगले जनाएको छ। आजै आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

यसअघि शनिबार उमेदवारी दर्ता गरिएको थियो। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङले राष्ट्रपतिको निर्वाचनका लागि उमेदवारी दर्ता गराएका छन्। पौडेललाई नयाँ आठ दलीय गठबन्धनको साथ छ। उनी आठ दलका साझा उमेदवार छन्।


उमेदवारी दर्तामा आठ दलका शीर्ष नेता पौडेलका प्रस्तावक र सम्मर्थक बसेका थिए। निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ। मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन्।


एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन्। अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुनेछ। सोही दिन साँझ ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको निर्वाचन आयोगको निर्वाचन शाखाका ऋषिराम भुसालले जानकारी दिए। प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ मतदाता रहेका छन् ।

Previous Post

डडेल्धुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

Next Post

लोसपाले गठन ग¥यो २१६ सदस्यीय केन्द्रीय समिति 

Next Post

लोसपाले गठन ग¥यो २१६ सदस्यीय केन्द्रीय समिति 

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In