Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

सुदूरपश्चिममा ६ सय क्षमताका कारागारमा १६०७ कैदी हुँलिए

अछाम टुडे by अछाम टुडे
फेब्रुअरी 27, 2023
in प्रदेश
3
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र दिनप्रतिदिन अपराध बढ्दै गएको छ। विभिन्न प्रकृतिका अपराध बढ्दै गएपछि प्रदेशभित्रका कारागार कैदीबन्दीले भरिएका हुन्। कैलाली र कञ्चनपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी छन भने सात पहाडी जिल्लामा तीन गुणा बढी कैदीबन्दी छन्।

कारागारको क्षमताभन्दा कैदीबन्दीको संख्या चार गुणाले बढेपछि व्यवस्थापन गर्न समेत समस्या भएको कारागार प्रशासनको गुनासो छ। सदूरश्चिम प्रदेशका सबै कारागारको गरी जम्मा ६ सय क्षमता छ तर कागागारभित्र १ हजार ६ सय ७ जना कैदीबन्दी हुँलिएका छन्। क्षमताभन्दा बढी कैदीबन्दी राख्नु मानव अधिकारको समेत हनन् भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का सुदूरपश्चिम संयोजक खडगराज जोशी बताउँछन्।


‘कैदीबन्दीलाई बसोबास, खानेपानी, शौचालयलगायत आधारभूत सेवा पाउन समेत समस्या भइरहेको छ, उनीहरुलाई सरकारले सेवासुविधा दिए पनि त्यतिले मात्र पुग्दैन,’ उनले भने। कारागारभित्रै मानवअधिकार हनन् भइरहँदा पनि कारागार व्यवस्थापनमा सम्वन्धित निकायको ध्यान जान नसकेको संयोजक जोशीले बताए। संघ र प्रदेश सरकारले प्रत्येक वर्ष कारागार सुधारको नीति ल्याउने गरे पनि कार्यान्वयनमा आउने गरेको छैन्।


पछिल्लो समय प्रहरीले लागुऔषध ओसारपसार, विक्रीवितरण र सेवनमा संलग्नहरुलाई धमाधम पक्राउ गर्न थालेपछि प्रहरी थुनुवा कक्ष र कारगारमा कैदीबन्दीको संख्या उल्लेख्य रुपमा बढेको हो। ज्यान मुद्दा, चोरी डकैती, जबरजस्ती करणी, कुटपिट लगायतका घटनामा संलग्नहरु एकपछि अर्को पक्राउ पर्न थालेपछि कैलाली र कञ्चनपुरका कारागारमा क्षमताभन्दा चार गुणा बढी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए।


साथै विभिन्न अपराधमा संलग्न फरारहरु समेत पक्राउ पर्न थालेपछि कारागारको क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी राख्नु परेको उनले बताए। एक सय ५० क्षमता भएको कैलाली कारागारमा ३३ महिला र ५ सय ८३ जना पुरुष गरी ६ सय १६ जना कैदीबन्दी छन भने बालक एक र दुई बालिका समेत आश्रित छन्।


९५ क्षमता भएको कञ्चनपुर कारागारमा १९ महिला र ४ सय १७ जना पुरुष गरी ४ सय ३६ कैदीबन्दी छन्। एक सय ४० जनाको क्षमता भएको डडेल्धुरा कारागारमा ११ महिला र एक सय ६ पुरुष गरी एक सय १७ कैदीबन्दी छन्। ७५ क्षमताको अछाम कारागारमा ८६ जना कैदीबन्दी छन्। जसमा ८० पुरुष ६ महिला छन्।

अछाम कारागारमा चार वर्षीया बालिका दुई जना र तीन वर्षीय एक बालक समेत आश्रित छन्। ४० जना क्षमता भएको दार्चला कारागारमा ६७ कैदीबन्दी छन्। जसमा तीन जना महिला छन्। २५÷२५ कैदीबन्दी क्षमता भएका बाजुरा, बझाङ, बैतडी र डोटीमा क्रमशः ६४, ७५, ७१ र ६८ कैदीबन्दी रहेको इन्सेकको तथ्यांक छ।

Previous Post

दैजी–छेला र प्रदेश राजधानीको हालत उस्तै, जग्गा प्राप्तिको टुंगो छैन

Next Post

डडेल्धुराको परशुराममा जिप दुर्घटना

Next Post

डडेल्धुराको परशुराममा जिप दुर्घटना

प्रतिक्रिया

ताजा समाचार

ग्लोबल

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

by टंक रिमाल
जुलाई 15, 2025
0

डडेल्धुराः प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूरपहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा...

Read more

स्वास्थ्यकर्मीको न्यायको मागसहित आन्दोलन सेवा प्रवाह बन्द हुने चेतावनी

जुलाई 14, 2025

युवा नै राष्ट्र निर्माणको मेरुदण्ड हुन् -युवा नेता टंक धामी

जुलाई 10, 2025

कमलबजार नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय उद्घाटन

जुलाई 10, 2025

साहारा बिहिन पदमालाई सामाजिक विकास कार्यालय अछामको सहयोग

जुलाई 10, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In