अछाम -तुर्माखाँद गाउँपालिका मा बिगत ३ दिन देखि एकीकृत दलित आन्दोलन नेपालले आफ्ना केही माग सहित आन्दोलन गरेको थियो।उक्त आन्दोलन को क्रममा केही अराजक गतिविधि पनि भय। सो को उचित माग हरुलाइ सम्बोधन गर्न गाउँ कार्यपालिका को बैठक आज बसेको हो। बैठकमा तुर्माखाँद गाउँपालिका का अध्यक्ष श्री डम्बर बहादुर बि सि वडा न १ का वडा अध्यक्ष श्री उपेन्द्र बहादुर रावल वडा न २ का वडा अध्यक्ष श्री नरेन्द्र बहादुर शाही,वडा न ३ का वडा अध्यक्ष कासिराम बुढा,वडा न ५ का वडा अध्यक्ष महेन्द्र बहादुर शाही,वडा न ६ का वडा अध्यक्ष टिकाराम न्यौपाने,वडा न ७ का वडा अध्यक्ष भिम बहादुर चलाउने,वडा न ८ का वडा अध्यक्ष निरक बहादुर शाही,र कार्यपालिका सदस्य झन्कर बहादुर नेपाली,कार्यपालिका सदस्य दोमन घर्तीमगर, कार्यपालिका सदस्य मन्जु थापा र तुर्माखाँद गाउँपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बुढा,स्वास्थ्य शाखा प्रमुख एकेन्द्र बहादुर बयक सहित केही कर्मचारी को उपस्तिथि थियो।
उक्त बैठक मा वडा न ४ का वडा अध्यक्ष श्री पदम बहादुर बि.सि को भने उपस्तिथी थिएन।
उक्त बैठक मा आन्दोलन का बारेमा गम्भीर छलफल भइ उक्त आन्दोलन लाई केही समय का लागि स्थगित गर्ने र फेरि यहि फागुन १३ गते बार्ता टोलि को बैठक बसि यौटा निचोड निकाली आन्दोलन को समस्या समाधान मा लाग्ने कुरा आज को कार्यपालिका बैठकमा भयको छ।
यहि फागुन१३ गते बस्ने गरि यौटा बार्ता टोलि समेत आजको कार्यपालिका बैठक ले निर्णय गरेको छ । जस्मा गाउँपालिकाअध्यक्ष डम्बर बहादुर बि.सि ज्यु को सयोजकत्तोमा ७ जना को बार्ता टोलि रहने गरि निम्न अनुसार को समिती गठन गरि निर्णय गरेको छ गाउँपालिका बाट पालिका अध्यक्ष डम्बर बहादुर बि.सि कार्यपालिका सदस्य झन्कर बहादुर नेपाली ५ नम्बर वडा अध्यक्ष महेन्द्र बहादुर शाही , स्वास्थ्य शाखा प्रमुख एकेन्द्र बहादुर बयक रहने र एकीकृत दलित आन्दोलन नेपाल बाट मीन बहादुर सुनार,लोग बहादुर बि.क र रतन बहादुर बि.क रहने गरि बार्ता टोलि बनाई उक्त बैठक समापन गरियको छ।
स्थानीय तहको स्वमूल्याङ्कनमा ७१ अंक प्राप्त गर्दै द्रोस्रो बन्यो पञ्चदेवल बिनायक नगरपालिका
अछामका १० स्थानीय तहमा स्वमूल्याङ्कनमा साँफेबगर नगरपालिका पहिलो बनेको छ भने तुर्माखाद गाउँपालिका अन्तिम पुछारमा परेको छ। सङ्घीय मामिला तथा...
Read more