अछाम -तुर्माखाँद गाउँपालिका स्तरिय खोप समन्वय समिती तथा संचारकर्मीहरुको अभिमुखिकरण गोष्ठी यहि फागुन ८ गते यश गाउँपालिकाको वडा न०४ को वडा कार्यालय हल मा संचालन गरियको हो। गोष्ठी कार्यक्रम तुर्माखाँद गाउँपालिका का अध्यक्ष डम्बर बहादुर बि.सि ज्यु को अध्यक्षता मा उक्त कार्यक्रम संचालन गरियको हो।
जस्मा वडा न १ का वडा अध्यक्ष उपेन्द्र बहादुर रावल वडा न २ का वडा अध्यक्ष नरेन्द्र बहादुर शाही सहित केही कार्यापालिका सदस्य र पालिका भित्र का सबै स्वास्थ्य शाखा का प्रमुख एबम प्रतिनिधि को उपस्तिथि थियो।
उक्त अभिमुखिकरण गोष्ठी कार्यक्रम को उदश्य भने यश पालिका भित्र रहेका सबै वडाका स्वास्थ शाखा हरु मा गई ९महिना देखि ५ बर्ष मुनिका बालबालिकाहरुलाइ खोप उपलब्ध गराउनु हो।
तुर्माखाँद गाउँपालिका भित्र जम्मा ३३ वटा खोप केन्द्र हरु छन् ।
दादुरा रुबेला रोग १ जना लाई संक्रमित हुदा १८ जना सम्म लाई सर्ने सरुवा रोग हो जस्लाइ नियत्रण गर्न उक्त खोप यश पालिकामा पनि संचालन हुँदै छ ।
उक्त खोप संचालन यहि फागुन १३ गते बाट १७ गते सम्म संचालन गरिदै छ ।
गाउँ टोल बजार जस्ता बस्ती हरुमा खोप बारे जनताहरुलाइ जानकारिका लागि विभिन्न र्याली कार्यक्रम संगै पम्पपलेट हरु ब्यानरहरु समेत टासी र माइकिन मार्फत सबैलाइ जानकारी गरिने कुरा भयको छ।
अछाम जिल्ला भरिका ३४९ वटा खोप केन्द्र मा उक्त खोप संचालन गरिने छ।जस्मा प्रत्यक खोप केन्द्र मा २ जना स्वमसेबक रहने छन।
उक्त कार्यक्रम लाई समापन गर्दै पालिका अध्यक्ष डम्बर बहादुर बि सि ज्यु ले कुनै पनि बालबालिका नछुट्ने गरि खोप संचालन गर्न स्वास्थ्य कर्मिहरुलाइ निर्देशन समेत दियका छन्
अन्ततः कार्यक्रम को अपेक्षित प्रतिफल भने नियमित खोप कार्यक्रम सुरदृकरण भई छुट भयका बालबालिकाहरु पहिचान गरि अभियान कै क्रम मा खोप प्रदान गरि पुर्ण खोप सुनचित गर्न सहज गर्ने छ।र थप जानकारी का लागि सबैलाइ खबर पुग्ने गरि काम संचालन गर्ने कुरा तुर्माखाँद गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यकेन्द्र बहादुर बयक ले बताउनु भयो।