अछाम-तुर्माखाँद गाउँपालिका वडा न०४ स्थाइ घर भएका हिक्मत बहादुर बयक पेशा ले श्री कालिकेस्वरी माध्यामिक बिध्यालयका लेखापाल समेत हुन।
बिगत लामो समय देखि यश पेशामा आबद्ध बयक व्यावसायमा पनि उत्तिकै सकृय छन् ।
स्टेशनरी हुँदै पेट्रोल पम्प सम्म को व्यावसाय गर्ने हिक्मत बहादुर बयक आफै संग यौटा गाडी पनि छ “
उनले उक्त गाडी लामो समय देखि गाउटोल मा कोइ कसैलाई बिरामी हुदा या अन्य अत्ति आबस्यक काम मा आबस्यक परे श-सुल्क उपलब्ध गराउने गरेका छन् ।
उनले गाउँ पालिकाले भन्दा पनि कम भाडा मा बिरामीका लागि गाडी दिने गरेका छन् ।
उन्लाइ धेरैले तुप्रै प्रश्न गरे जस्को जफाब फेसबुक मा पोस्ट गर्दै बयक ले यसरी दिए…
मिति २०८० साल माघ २८ गते तुर्माखाँदका युवा कर्ण बहादुर बुढा र मिलन बयकले स्थानीय सरकार भन्दा एक कदम अघि भनी लेखेर हालेकाे पाेष्टलाई like , share र comment गरि सामाजिक संजालमा मेराे वारेमा प्रचारप्रसार गर्नु भएकोमा हृदय देखि धन्यवाद । मेराे व्यक्तिगत कुरा के हाे त भन्दा जुन स्थानीय तहले भाषणमा मात्रै सिमित गरेकाे कुराले मैले आफ्नाे प्रयोग गर्ने निजि सवारी साधन प्रयाेग गरेर तुर्माखाँदका गरिव,असाय, आर्थिक अवस्था कमजोर र निमुखा जनताहरुले तेलमात्र हालेर एम्बुलेन्स भन्दा सस्ताे सेवा दिनुपर्छ त्याे मेराे धर्मकाे कुरा हाे त्याे कुरा आज पनि गर्छु भाेलि पनि गर्छु पछिपनि निरन्तर गरिरहन्छु त्यस कुरामा कुनै दुविदा छैन् धेरै साथिहरुकाे २०८४ मिसन हाेला त्यही भएर हाेला भन्ने पनि comment आयाे…
त्यतातिर मेराे चिन्ता छैन् केवल चिन्ता छ तुर्माखाँद वासि दुखि विरामी आर्थिक अवस्था कमजोर भएका विरामिहरुलाई कसरी स्वास्थ्य चाैकी सम्म पुराई छिटो उपचार गरि बचाउनु पर्छ भन्ने मात्र चिन्ताछ त्यही भएर तपाईहरुकाे साथ सपाेर्ट रहेमा तपाईहरुकाे सहयोगमा रातअवरात खटिरहनेछु धन्यवाद।
उनको यो गज्जब को समाजसेवा लाई सामाजिक सन्झाल मा धेरैले तारिप गरेका छन्।