मदन जैसी अछाम
वल्र्डभिजन इन्टरनेश्नलको नेपालको आर्थिक सहयोग र आस्था नेपालको संयुुक्त साझेदारीमा संचालित एकीकृत बाल संरक्षण र बाल स्पोन्सरसिप परियोजना अन्र्तगत कमलबजार नगरपालिका वडा नं ९ मष्टाबन्डालीको समन्वयमा वडा न ९ को वडा कार्यालयमा पुुरुष समुुहको छलफल एक दिने अभिमुुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा स्थानिय स्तरमा बालबालिका हरुको अवस्था बिश्लेषण सम्बँधी जानकारी गराउनुुका साथै बालबालिका हरुका समस्याहरु पहिचान गर्ने, बालबालिका हरुका मुुख्य समस्याहरु उजागर गर्ने, समस्या हुुनुुका मुुख्य कारणहरु पत्ता लगाउने र न्युुनिकरण का उपाय बारे जानकारी एवम छलफल गरिएको थियो ।
वडा नं ९ का वडा अध्यक्ष दुुर्गा प्रसाद बजगाईको अध्यक्षतामा भएको कार्यक्रममा आस्था नेपालका सामाजिक सहजकर्ता लभजंग कुुवँर, बाल अधिकार समिती कार्यदलका सदस्य कल्पना भण्डारी र सुुनिता रावत लगायत १५ जना पुुरुषहरुको सहभागिता रहेको थियो । यस्तै कमलबजार नगरपालिका वडा न. ८ ढाकुमा वडा अध्यक्ष नैन बहादुर बिष्टको अध्यक्षतामा बालक समुहको छलफल एबम एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वडा सदस्य चक्र साउद आस्था नेपालका सामाजिक सहजकर्ता लभजंग कुवर,बाल अधिकार समिति कार्यदलका सदस्य हरिस रावत सुरत भण्डारी लगायत १५ जन बालक हरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया