अछाममा रुखबाट खसेर १ महिलाको ज्यान गएको छ ।
जिल्लाको साफेबगर नगरपालिका वडा नं. १३ बाब्लामा रुखबाट एक महिलाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा ६५ वर्षीया निखिरा नेपाली रहेकी छन् ।
घाँस काट्न बेडुला रुखमा चढेकी उनी रुखबाट लडेर घाइते भएकि थिईन् ।
उनलाई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटामा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
प्रतिक्रिया