अछाम जिल्ला तुर्माखाद गाउँपालिका वडा न ०४ स्थाइ घर भयका नरेन्द्र बहादुर बि.क बिगत ४/५ बर्ष देखि तुर्माखाद गाउपालिका को स्वास्थ्य शाखा अन्तरगत करार कर्मचारी का रुप मा आबद्ध थिए।
तुर्माखाद गाउपालिका वडा न ०४ को हेल्थ पोस्ट मा अ. हे. ब को रुप मा काम गरिरहेका नरेन्द्र बि क लाई पालिका ले अबकाश पत्र पठाएको छ।
२०७६/१०/५ गते बाट करार नियुक्त भयका नरेन्द्र बि.क सहनसिल र मेहनती कर्मचारी का रुप मा चिनिन्थ्य।
स्रोत का अनुसार २०८०/१०/१५ गते नै अबकाश पत्र आए पनि दरबन्दी अहिले सम्म पूरा भयको छैन।सबै करार कर्मचारीलाई स्थाई दरबन्दी अनुसार हाटाए पनि नरेन्द्र बि क लाई भने बिना दरबन्दी नै गाउँपालिकाले अबकाश पत्र पठाएको छ।
उक्त विषय मा नरेन्द्र बि.क स्वयमले स्व स्थान मा आफ्नो मान्छे सेभ गर्न र दलित समुदायको भन्ने मनसायले यो सप गरेको हुन सक्न्ने कुरा समेत जानकारी दिए।
तुर्माखाद पालिकाले विधि र बिधान भन्दा बाहिर गयर मलाइ यो सब गरेको भन्दै उनले दुख समेत ब्याक्त गरेका छन् ।