समय बलवान छ । समयको वेगलाई कसैले चिन्न सक्दैन । पृथ्वी आफ्नै नियममा सूर्यको वरिपरि घुमिरहन्छ । लाग्छ, पृथ्वीले सूर्यको परिक्रममा गर्नु नै प्रकृतिको शुभारम्भ बिन्दू हो । प्रकृतिका नियमहरूको उत्थानबिन्दू यही हो । यदि पृथ्वी सूर्यको वरिपरि घुम्दैन थियो भने जल, जमिन, जीवजन्तु, वनस्पति तथा यो चराचर जगत सम्भव हुन्थ्यो त रु अहँ, मलाई त्यस्तो लाग्दैन । पृथ्वी सूर्यको वरिपरि नघुम्नु त के पृथ्वीले आफ्नो परिक्रमण गतिमा एक सेकेण्ड मात्रै आराम गर्छु भन्यो भने प्रकृतिको नियम नै अवरुद्ध हुन्छ । त्यसैले हाम्रो वरिपरि जे जति घटना घट्छन्, ती सबै प्रकृतिको नियममा बाँधिएका छन् । नियममा बाँधिएर नै घटना घट्छन् । जे हुन्छ, त्यो प्रकृतिको नियमले हुन्छ, जे हुँदैन त्यो प्रकृतिको नियमले हुँदैन । यदि सूर्यको वरिपरि पृथ्वी दौडिदैन थियो भने २०७२ सालमा भूकम्प आउने थिएन । अस्ति मात्रै जाजरकोटमा गएको भूकम्पले त्यत्रो जनधनको क्षति गर्ने थिएन । बर्सेनी घट्ने बाढी, पहिरो, हूरीबतास, चट्याङ्ग आदि प्राकृतिक विपत्तिका घटना घट्ने थिएनन्, नत पोखरामा यति एअरलाइनको विमान दुर्घटना भएर दर्जनौं मान्छेको इहलीला क्षणभरमै खरानी हुने थियो ।
प्रकृतिको विराट गतिलाई सम्झेर म गम खान्छु । जीवनका कैयौं अनुभूति हुन्छ्न् । कैयौं कुरा विस्मरणमा बिलाएर मेटिन्छन् । तर कतिपय घटनाहरूले मानसपटलमा चीरस्थायी बास गरिदिन्छन् । मेरो जीवनका केही यस्ता कहालीलाग्दा तीता घटनाहरू छन्, जसले बेला(बेला मेरो मस्तिष्कलाई चिमोटिरहन्छन् । कतिपटक ती कहालीलाग्दा घटना प्रकृतिको जिम्मा लगाइदिएर निश्चिन्त भइदिउँ जस्तो लाग्छ, तर मनले मान्दैन । आँखिर मन पनि त प्रकृति नै हो नि १ लाग्छ, मानसपटलका पानामा केही घटनाको छाप यस्तो दाग बनेर बसिदिएको छ जसलाई मट्टितेल, पेट्रोल र तेजाबले घोट्दा पनि हटाउन सकिने छैन । जीवनमा यस्तो दुःखान्त अनुभूति दिने घटनाहरूमध्ये निम्न चारवटा घटनाहरूले मलाई विशेष स्तब्ध बनाउने गर्छन् ।
घटना एक
घटना २०५५ सालको हो । महिना एकिन हुन सकेन तर मंसिर र पुसमध्ये एउटा हुनुपर्छ । त्यो दिन राति ११ बजेतिर मलाई नजिकैको गाउँमा जानैपर्ने जरुरी काम पर्यो । गाउँमा त्यो समय राति हिँड्डुल गर्नु सामान्य मानिन्थ्यो । जरुरी काम पर्दा हामी नजिकको गाउँ राति जतिबेला पनि आवतजावत गर्न सक्थ्यौं । टहटह चम्किरहेको जुनको उज्यालोमा कर्णालीको बगरै बगर भएर म हिँडिरहेको थिएँ । अकस्मात् कालो छायाँको लस्कर आकृति आँखामा पर्यो । एकैछिन पछि त्यो आकृति बाक्लो हुँदै र प्रष्टिँदै गयो( बन्दूक बोकेर पङ्तिबद्ध हिँडिरहेका करिब सैनिकजस्तै देखिने मान्छेको लस्कर चिन्न सकिने हुँदै गयो । संयोगवश, उनीहरूले मलाई नदेख्दै त्यहीँ रहेको एउटा ढुङ्गाको ओढारमा छेकिएर लुक्न सकेँ । ढुङ्गाको ओढारमा ओत लागेर मैले उनीहरूलाई नियालिरहेँ । सुनसान रातमा करिब एक हजारभन्दा बढी सङ्ख्या अनुमान गर्न मिल्ने हतियारधारीहरूका बुटको आवाजले चमकन्न रातमा कीट पतिङ्करहरूको शान्ति बिथोलिरहेको थियो । घण्टौंसम्म बुट बजारिरहेको आवाज आइरहेको थियो । गाउँमा यतिको सङ्ख्यामा मैले पहिलो पटक हतियारधारीको समुह देख्दै थिएँ । करिब २ घण्टा लाग्यो होला, ड्याम्म डुम्म बुटको आवाजबाट शान्तिले उन्मुक्ति पाएको । तर पनि मैले ओढारबाट निस्किने आँट गर्न सकिनँ । अझै पनि हतियारधारी आइरहेका पो छन् कि १ एकान्त अवस्थामा दुईजना प्रहरी देख्दा डराउनुपर्ने अवस्था थियो, त्यो समय । तर, त्यो मध्यराति करिब एक हजारभन्दा बढी सङ्ख्यामा हतियारधारी साक्षात्कार हुँदा पनि मलाई डर लागेन । किनकि, मैले उनीहरू माओवादी छापामार हुन् भन्ने अड्कल गरेको थिएँ । माओवादी छापामारले सर्वसाधारणलाई केही पनि गर्दैनन् भन्ने सुनेको थिएँ । उनीहरू गरिब निमुखाहरूको मुक्तिका लागि युद्ध लडिरहेको बुझेको थिएँ । बिहान करिब ५ बजेतिर म आफ्नो गन्तव्य रहेको गाउँ पुगे । गाउँको एउटा घरको आँगनीमा बसेर राति देखेको घटनाको वृत्तान्त गाउँलेहरूलाई सुनाउँदै थिए । गाउँलेहरू मेरो कुरा चाख मानेर सुनिरहेका थिए । मेरो कुरा सुन्ने जति सबैले मैले राति साक्षात्कार गरेको शस्त्रधारी समुहलाई माओवादी छापामार नै हुन् भन्ने कुरामा विश्वस्त थिए । तर एक हजारको सङ्ख्यामा भने कसैले पनि विश्वास गरेनन् । भन्थे( ‘रातिको समयमा डरले धेरै जना लाग्यो होला, एक डेढ सयभन्दा बढी हुन सक्दैन ।’
गाउँमा माओवादी छापामार आएको कुरा फैलिएपछि एक(एक गरी मान्छे थपिँदै गए । त्यति बेला माओवादी छापामार भन्ने बित्तैकै अर्कै ग्रहबाट आएको मान्छेजस्तो चासो हुन्थ्यो । पत्रपत्रिकामा छापिएका तस्बीरबाहेक माओवादी छापामारलाई कसैले देखेकै थिएन । कतिपय त माओवादीसँग हतियारधारी सेना छन् भन्ने कुरामा विश्वास नै गर्दैनन् थिए । बिहान ७ बजेको हुँदो हो हामी गफगाफमै मस्त थियौं, हामीमाथिको आकाशबाट हेलिकप्टर उडेर कालिकोटतिर अदृश्य भयो । करिब १० मिनेटपछि अर्को हेलिकप्टर त्यसरी नै उडेर सोही क्षितिजमा विलय भयो । त्यसको ५ मिनेटपछि अलि परतिरबाट अर्को हेलिक्टर उतैतिर बिलायो । गाउँमा हेलिकप्टर नदेखेको धेरै समय भएको थियो । आज एकपछि अर्को गरी तीनवटा हेलिकप्टर उडेर एउटै दिशातिर बिलाएको देखेपछि हामीमा स्वाभाविक कौतुहलता बढ्यो । हेलिकप्टर किन उडिरहेका होलान् भन्ने विषयमा थुप्रै तर्क(वितर्क भए । बितेको राति माओवादी सेनाको टोली गएको थाह पाएर सेनाको टोली खटाइएको अनुमान पनि गरियो । तर्क, वितर्क र अनुमान गर्दागर्दै उत्सुकताको बाँध फुटेर हामी आठ दश जनाजति चिल्ताडातिर दौडिहाल्यौं । चिल्ताडा तत्कालीन कालेकाँडा गाविसको मुकाम थियो, जहाँ प्रहरी चौकी सहित सानो बजार थियो । सधैं डेढ घण्टा लाग्ने दूरी आज भने हामीले करिब ४५ मिनेटमा पूरा गरेर चिल्ताडा पुगेका थियौं । चिल्ताडा पुगेपछि त्यहाँ त अर्कै माहौल पो देखियो । प्रहरी चौकीअगाडि हजारौंको खङ्ख्यामा दङ्गा प्रहरीको भिड तैनाथ ९त्यति बेला प्रहरीको एउटा समुहलाई दङ्गा भनिन्थ्यो० थियो । तीनवटा हेलिकप्टरले बन्दूकधारी दङ्गा प्रहरीहरूलाई कालिकोटतिर ओसारिरहेको थियो । कोही हेलिकप्टर चढ्न तँछाडमँछाड गरिरहेका, कोही उभिएरै भात खाइरहेका त कोही खाँदाखाँदाको थाली छोडेर हेलिकप्टर चढ्ने प्रतिस्पर्धा गरिरहेका शस्त्रधारी प्रहरी कहिल्यै नदेखिएको दृश्य हाम्रो अगाडि थियो । आम्मामा १ हिजो राति मैले साक्षात्कार गरेका यिनै दङ्गा प्रहरीको जत्था पो रहेछ । आँखा चिम्म गरेर ईश्वरलाई सम्झिएँ, बालबाल ज्यान जोगिएकोमा ईश्वरलाई धन्यवाद दिएँ । एक छिनपछि आफ्नै शरीर हेर्दा शरीरका रौं काँडाझै ठिङ्ग ठाटो परेका, बाप्रे १
लामो सास फेरेर पछाडि सरेँ । अलि परतिर चिन्ताजनक अवस्थामा बसिरहनु भएका एकजना बृद्ध मान्छेमाथि ९करिब ६५ वर्षजति० मेरो आँखा पर्यो । उहाँको अनुहारमा निराशा र चिन्ताका अक्षरहरू टाढैबाट स्पष्ट पढ्न सकिन्थ्यो । नजिकै गएर मैले उहाँलाई सोधेँ( ‘बुवा हजुर कहाँबाट आउनु भएको रु’ आफनो एकाग्रता एक्कासि भङ्ग भएपछि उहाँले मलाई एकटकले हेर्नुभयो र टाउको भुइँतिर फर्काएर दिक्कलाग्दो स्वरमा भन्नुभयो( ‘घर त मेरो कालिकोट हो । कालिकोटबाट सुर्खेत जान हिजो म कुज्जेडा पुगेको थिएँ । राति दङ्गा आएर मेरो छोरालाई काम छ भनेर सँगै ल्याएका थिए, त्यसैले छोराको खोजीमा आएको हुँ ।’
‘छोरा भेट्टाउनु भयो त रु’ मैले पुनः सोधेँ ।
‘छैन, जसलाई सोधे पनि थाह छैन मात्रै भन्छन्’ उहाँले निराशजनक भन्नुभयो ।
‘आउनुहोस्, म हजुरलाई सहयोग गर्छु’ भन्दै मैले उहाँलाई दङ्गा प्रहरीको हाकिमजस्तै भद्र देखिने व्यक्ति नजिक लगेर सोधपुछ गरेँ । भलादमी जस्तै देखिने ती व्यक्ति नेपालगञ्ज प्रहरीका डिआइजी रहेछन् । उनले हाम्रो जिज्ञासाको उत्तर दिनुभन्दा मेरो परिचय लिनमा चासो लिए । त्यति बेलासम्म म विद्यार्थी नै थिएँ । मैले परिचय दिएपछि उहाँले अछाममा कुन पार्टीले चुनाव जित्ला रु भनेर प्रश्न राख्नुभयो । त्यो समय निर्वाचन आयोगबाट २०५६ को संसदीय निर्वाचनको तिथि तोकिएको जस्तो लाग्छ । नेकपा एमाले विभाजित अवस्थामा थियो । मैले विभाजित नभएको भए नेकपा एमालेले जित्ने सम्भावना बढी देखिएको तर एमालेबाट नेकपा मालेको जन्म भएको फाइदा नेपाली काँङ्ग्रेसले लिनसक्ने आफ्नो अनुमान सुनाएँ । ती डिआइजीमा एमालेप्रति सहानुभूति रहेको मलाई आभास भयो । हाम्रो समस्याभन्दा डिआइजीसापको राजनीतिमा चासो देखेपछि मैले प्रसङ्गलाई हाम्रो समस्यासँग जोडेँ(
‘सर तलको गाउँबाट उहाँको छोरालाई राति प्रहरीले समातेर ल्याएको थियो रे । उहाँ आफ्नो छोरा लिन आउनुभएको ।’
मेरो दोस्रो पटकको जिज्ञाशामा डीआइजी सापले आफू आज बिहान मात्रै नेपालगञ्जबाट आइपुगेको हुँदा यो विषय अरुलाई नै सोध्न सुझाव दिए । त्यसपछि हामीले तीन चार जना प्रहरीलाई सोधपुछ गर्यौं, अहँ कसैबाट पनि उहाँको छोराको अवस्था पत्तालाग्ने सङ्केत देखिएन । थकित र निराश अवस्थाले अनायस मेरो मुखबाट फुत्त निस्कियो(
‘मलाई त हजुरको छोरालाई यिनीहरूले मारिसके जस्तो लाग्यो ।’
‘मेरो छोराले के बिगार गरेको छ र मार्ने रु त्यस्तो त नभन्नुहोस् मेरो छोरालाई किन मार्छन् रु यिनीहरू पनि त मान्छे हुन्, बाघ होइनन् क्यारे १’
ती बृद्धको जवाफ सुनेर अनायस आफ्नो मुखबाट निस्केको शब्दले मलाई हिनताबोध भयो । अब कुनै उपाय नभएपछि हामी घर फर्किने तरखरमा लाग्यौं । मैल ती बृद्ध बुवालाई अन्तिमपटक भने(
‘हवस् बुवा, हजुरले अझैं सोधपुछ गरेर आफ्नो छोरा खोज्नुहोस् हाम्रो घर जाने समय भयो ।’
सँगै आएका हामी करिब दश जना घरतिर लाग्यौं । घरतिर जाँदैगर्दा अझै हेलिकप्टर हेर्नको लागि चिल्ताडातिर आइरहेका मान्छे भेटिँन्थे । गाउँमा हेलिकप्टर देख्दा स्वाभाविकरूपमा गाउँलेहरूका लागि नयाँ कुरा हुन्छ । कहिल्यै नदेखेको हेलिकप्टर हेर्ने स्वाभाविक कौतुहलता रहन्छ । यसै क्रममा हेलिकप्टर हेर्न आइरहेका दुईजना आफन्तसँग बाटोमा हाम्रो भेट भयो । आफू जान लागेको ठाउँबाट हामीलाई फर्किरहेको देखेर उनीहरूले उत्सुकतापूर्वक प्रश्न गरे(
‘चिल्ताडामा हेलिकप्टर किन आएको रहेछ रु’
हामीले देखेको विवरण सुनायौं । हामीले उनीहरूको जिज्ञाशा मेटायौं तर उनीहरूले हामीभित्र अर्कै यस्तो उत्सुकता भरिदिए(
‘नैनेलमाणुनेर राति बन्दूकको ठुलो आवाज सुनिएको थियो । आज बिहान हाम्रो झरेलामा ९माझा मार्ने पासो० रगतले लत्पतिएको कमिज भेटियो । कतै दंगाले मान्छे त मारेन रु’
उनीहरूलाई हेलिकप्टर हेर्ने यति उत्सुकता थियो कि यति कुरा भन्दाभन्दै उनीहरू चिल्ताडातिर दौडिहाले । यो कुराले कसैको ज्यान जानेगरी राति कुनै न कुनै घटना घटेको हुनुपर्छ भन्ने हामीले अनुमान लगायौं । नैनेलमाणु हाम्रो घरबाट चिल्ताडा आउँदा बिच दूरीमा पर्ने स्थान हो । जहाँ नैनेलदेवताको थान छ । नैनेललाई कर्णाली नदीको देवता मानिन्छ । नैनेलमाणुमा ठुला(ठुला ओढारहरू छन्, जहाँ आवतजावत गर्ने बटुवाहरूले बासस्थान बनाएर बस्ने गर्थे । सुर्खेत(जुम्ला राजमार्ग बन्नुअगाडि हुम्ला, मुगु, जुम्ला, पूर्वी बाजुरा र कालिकोटका मान्छेहरूलाई राजधानी काठमाडौँ र नेपालको तराईक्षेत्र आवतजावत गर्ने यो एक मात्रै पदमार्ग थियो । अर्को शब्दमा कर्णाली अञ्चलका लागि नुनदेखि सुनसम्म ल्याउने यो एक मात्र पदमार्ग थियो । हिँडदै जानेक्रममा हामी नैनेलमाणु पुग्यौं । अघि बाटोमा भेटिएका आफन्तले बन्दूकको आवाज सुनिएको भन्नुभएको ठाउँतिर हामी गयौं । हामीलाई पक्कै पनि त्यहाँ रक्तपातपूर्ण घटना घटेको अनुमान थियो । नैनेलको थाननेर पुग्दा कर्णाली नदीको बगरमा आगो बालेर निभाइएको दाउराको कोइला देखियो । निभेको कोइलाबाट गत राति नै कसैले आगो बालेको अनुमान गर्न सकिन्थ्यो । नभन्दै त्यहाँ त अचम्मको दृश्य देखियो । आगो बालेको स्थान वरिपरि घ्यू पोखिएको देखियो । त्यहाँ मानव पाइला पनि प्रशस्तै देखिन्थे । निभेको आगोको छेउमै नेपाली एक हजारका नोटको बिटो जलाइएको अवस्थामा देखियो । नोटमा लेखिएका अक्षर स्पष्ट पढ्न सकिने तर छुनेबित्तिकै धुलोधुलो हुने अवस्थामा रहेछन् । हामीले छुनेबित्तिकै नोटको बिटो खरानीमा परिणत भयो । नजिकै अर्को ठाउँमा आधा इन्चजति मात्रै जल्न बाँकी रहेको अवस्थाको एक हजार नेपाली नोटको बिटो भेटियो । रुपियाँका नोटहरू आगोमा जलाउँदा पनि अक्षर पढ्न सकिने अवस्था हुँदोरहेछ भन्ने मलाई जीवनमा पहिलो पटक जानकारी भयो । त्यहाँको दृश्यले त्यहाँ करिब चार पाँच लाख नेपाली रुपियाँ जलाइएको हुनसक्ने हामीले अनुमान गरेका थियौँ । हाम्रो मुटु हल्लिने गरी त्यहाँ अर्को दृश्य देखियो । घ्यू पोखिएको स्थानदेखि कर्णाली नदीसम्म आलो रगत ठाउँ ठाउँमा पोखिएको र मान्छेलाई घिसारेर नदीमा फ्याकिएको अनुमान गर्न मिल्ने दृश्यले हामीलाई स्तब्ध बनायो । दृश्यबाट त्यहाँ ठुलो सङ्ख्यामा मान्छे हताहती भएको र शवहरू नदीमा फ्याकिएको हुनसक्ने अनुमान गर्न सकिन्थ्यो । त्यो स्थानमा ठुलो सङ्ख्यामा मान्छे मारिएको र शव नदीमा फालिएको हामी सबैजना निष्कर्षमा पुग्यौं ।
केही समयपछि मैले चिल्ताडामा अघि आफ्नो छोरालाई खोजिरहनु भएका बृद्धलाई सम्झिएँ र उहाँलाई उक्त घटनाको जानकारी दिन जरुरी सम्झिएँ । मैले हामीसँग भएका एकजना साथीलाई तुरुन्तै चिल्ताडा पठाइहालेँ । डेढ घण्टाको अन्तरालपछि ती बृद्ध मान्छे त्यहाँ आइपुग्नुभयो । त्यहाँको दृश्य देखेर ती बृद्ध मान्छे आत्तिएको जस्तो देखिनुभयो । त्यहाँ ठुलो अनिष्ट भएको हुनसक्ने र त्यस घटनाबाट आफू पीडित बन्नसक्ने भयको छाप ती बृद्धको अनुहारमा स्पष्ट देखिन्थ्यो । उहाँको अवस्था देखेर मैले सान्त्वनापूर्ण भनेँ(
‘नआत्तिनुहोस् बुवा । यो ठाउँमा धेरै मान्छे मारिएको जस्तो देखिन्छ । दंगाले त तपाईको एकजना छोरा मात्रै लिएको हो । तपाईको छोरा दंगासँगै सुरक्षित भएजस्तो लाग्छ । के थाह, हाम्रै आफन्तहरू पनि मारिएको हुनसक्छन् । तपाई एक्लो हुनुहुन्छ, तपाईको गाउँमा खबर पठाएर आफन्तलाई बोलाउनुहोस् ।’
त्यहाँको अवस्था निकै कहालीलाग्दो र कारूणिक थियो । ती बृद्ध मान्छेले कालिकोटमा रहेका आफ्ना आफन्तलाई खबर पठाउनु भयो । अर्को दिन कालिकोटबाट करिब दुई दर्जनजति मान्छे घटनास्थल आइपुगे । उहाँहरूका अनुसार अध्ययनको सिलसिलामा कालिकोटबाट सुर्खेत गइरहेका ६ जना विद्यार्थीहरू सम्पर्कविहीन भएका थिए । त्यसैले उनीहरूको नै सामुहिक हत्या भएको हुनसक्ने आशङ्का बढ्यो । बुझ्दै जाँदा आशङ्का गरिएका ६ जनाहरूमध्ये चारजना मसँग परिचित थिए । म स्नातक तहको परीक्षा दिएर सुर्खेत क्याम्पसबाट भर्खर घर फर्किएको अवस्था थियो । सायद उनीहरू प्रमाणपत्र तहमा अध्ययनरत म भन्दा जुनिएर भाइहरू थिए । क्याम्पस छँदा उनीहरू मलाई दाइ भनेर सम्बोधन गर्थे । चिनजान भए पनि हाम्रो धेरै निकटताको सम्बन्ध चै थिएन । उनीहरुले मलाई राम्ररी चिन्थे तर म कालिकोटतिरका भाइ सम्झेर मात्रै चिन्थे । मलाई एक जना पंकज विष्टबाहेक अरूको नाम याद छैन । कर्णाली नदीमा शवहरू फालिएको हुनसक्ने अनुमानको आधारमा खोजी कार्य गर्नुपर्ने अवस्था भयो । म त्यहाँको स्थानीयबासी भएकोले खोजकार्यको समन्वय गर्न आफ्नो भूमिका आवश्यक सम्झिएँ । त्यो स्थान कर्णाली नदीकै निकै गहिरो भाग थियो । निलो कञ्चन पानीबाहेक सतहमा केही देखिँदैन थियो । पानीमा डुबेर नदीको सतहसम्म पुगेर खोजी गर्न सम्भव थिएन । हामीसँग स्रोत साधनले सज्जित तालिम प्राप्त गोताखोर थिएनन् । हामीसँग थियो त केवल आँट, साहस र अनुभव मात्रै । डुङ्गामाथि बसरे लामो डोरीमा बाँधिएका बल्छी र फलामका तारको सहायताले हामी निष्प्राण मानव खोजी कार्यमा जुट्यौं । नभन्दै हामी एक(एक गरेर पाँचवटा पार्थिव शरीर कर्णालीको निलो पानीबाट बाहिर निकाल्न सफल भयौं । जति खोजी गरे पनि हामीले एक जनाको शव भेटाउन सकेनौं । प्राप्त शवहरूबाट आफन्तहरूले अनुमान तथा शङ्का गरेका व्यक्तिहरूको नै सामुहिक हत्या भएको पुष्टि भयो । सबै शवहरूको अनुहार आगोले जलाइएको अवस्था थियो । सायद, चिन्न नसकिने अवस्था बनाउन प्रहरीले अनुहार आगोमा जलाएर कर्णालीको पानीमा फालेको थियो । तर हामीले सजिलै शव पहिचान गरिहाल्यौं ।
पारिवारिक स्रोतबाट भएको जानकारी अनुसार बाटोमा सबै जनाले भेट गर्ने र बेलुकी सँगै बास बस्ने सल्लाहमा उनीहरू फरक(फरक समयमा कालिकोटबाट सुर्खेतका लागि हिँडेका थिए । बृद्ध मान्छे हिँडाइमा कमजोर हुने भएकाले उहाँ र उहाँको छोरा बिहान ६ बजे घरबाट निस्केका थिए भने अन्य ५ जना विद्यार्थीहरू दिउँसो १२ बजे आफ्नो घरबाट रवाना भएका थिए । तर ती बृद्ध र उनको छोरालाई अन्य पाँच जनाले बाटोमा भेटाउन नसकेपछि एउटै ठाउँमा बास बस्ने अवस्था नभएको रहेछ । त्यो समयमा टेलिफोनको सुविधा नभएकोले को कहाँ पुग्यो बुझ्न सकिने अवस्था थिएन । ती बृद्ध र उनको छोरा बेलुकी कुज्जेडा भन्ने गाउँमा पुगेर बास बसेका थिए भने ढिलो हिँडेका पाँच जना कुज्जेडा पुग्न दुई घण्टाको दूरी पछाडिको ठाउँ नैनेलमाणुमा बास बसेका रहेछन् । त्यो बेला बाटोमा बास बस्ने होटेलको व्यवस्था थिएन । आफूलाई चाहिने रासन र खाना पकाउने भाँडा बोकेर हिँड्ने चलन बढी थियो । पाल थापेर बास बस्नुपर्ने र त्यसो गर्न नसकिएमा ओढारमा भए पनि रात बिताउने चलन बढी थियो । एकजना विद्यार्थीलाई कुज्जेडाबाट र पाँचजनालाई नैनेलमाणुमा ओढारमा बास बसिरहेको अवस्थामा दङ्गा प्रहरीले गिरफ्तार गरेर सामुहिक हत्याको कुकर्म गरेको देखियो ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारले माओवादी विद्रोह दबाउन सञ्चालन गरेको किलो सेरा टु अपरेसन अन्तर्गत कर्णाली अञ्चलको कालिकोट जिल्लामा खटाइएको दङ्गा प्रहरीले ६ जना निर्दोष विद्यार्थीको सामुहिक हत्या गरेको घटना हो, यो । अर्थात् किलो सेरा टु अपरेसनअन्तर्गत दङ्गा प्रहरी कालिकोटतिर जानलाग्दा उसले बाटोमा भेटिएका निर्दोष छ जना विद्यार्थीहरूलाई माओवादी कार्यकर्ता मानेर पाशविक हत्या गरेको थियो ।
त्यो समयसम्म नेपालमा सेना परिचालन भएको थिएन । सायद नेपाल प्रहरीलाई हतियारयुद्ध नयाँ अनुभव थियो । लाग्छ, मान्छे कसरी मार्ने भनेर प्राक्टिस गर्न ती निहत्था विद्यार्थीलाई दङ्गा प्रहरीले सायद गोली हानेको थियो । अर्थात् कसरी निर्दयी र निर्मम बन्न सकिन्छ भन्ने अभ्यासमा छ जना निर्दोष गोलीको शिकार हुनुपरेको थियो । त्यो काल बौलाएको समय थियो । वैदिक वाङ्मयहरूमा हामी भगवानले विभिन्न रूपमा अवतार धारण गर्नुपरेको पढ्न पाउँछौं । लाग्छ, त्यतिबेला काल प्रहरी र माओवादी अवतारमा बौलाएको थियो । २०५५ सालसम्म अछाममा द्वन्द्वको प्रभाव खासै थिएन । छिमेकी कालिकोट जिल्लाको प्रभावले अछाम बिस्तारै गाँजिदै थियो । रुकुम, रोल्पा, जाजरकोट कालिकोट, सिन्धुलीजस्ता केही जिल्लाहरूमा माओवादीले सुराकी र शोषक सामन्तको नाममा र प्रहरीले माओवादीको नाममा मान्छे मार्ने क्रम बढ्दै थियो । एदाकदा दोहोरो भिडन्त र प्रहरी चौकीमाथि आक्रमणका घटना सुनिन थालेका थिए । नेकपा माओवादीले सञ्चालन गरेको दशवर्षे सशस्त्र युद्धमा अछामी माटोमा रगत बहेको यो पहिलो घटना हो । अछामको माटोमा मानव रगत पोखिएको पहिलो घटना नै कालिकोट जिल्लाका निहत्था तथा निरपराधी विद्यार्थीहरूको सामुहिक हत्याकाण्ड हो, जुन नैनेलमाणु घटनाले चिनिन्छ । अछामी माटोमा पोखिएको पहिलो रगतको प्रत्यक्ष साछी थिएँ, म ।
अछाममा रगतको खोलो बगाएर गएको दङ्गा प्रहरीको पल्टनलाई तीनवटा हेलिकप्टरले अछामको चिल्तडाबाट कालिकोटका विभिन्न ठाउँमा ओसारेको थियो । म यो दृश्यको पनि साछी थिएँ । त्यति मात्रै होइन मध्यराति मैले नै हतियारले सज्जित करिब एक हजारभन्दा बढी सङ्ख्याका दङ्गा प्रहरीको लावालस्कर साक्षात्कार गरेर बालबाल बाँचेको थिएँ । यदि त्यो मध्यराति दङ्गा प्रहरीले मलाई देखेको मात्रै हुन्थ्यो भने के हुन्थ्यो होला रु सायद, नैनेलमाणु घटनामा मृत्युवरण गर्ने ६ जना निहत्थामा म थपिएर ७ जना हुने थियौं होला । त्यो दिन सम्झिँदा आज पनि मेरो शरीरका रौं ठाडो हुन्छन् ।
त्यो अपरेसनमा कालिकोटमा दङ्गा प्रहरीले निकै आतङ्क मच्चाएको सुनिन्छ । उसको ब्रह्मले माओवादी देखेका जति सर्वसाधारणलाई उसले तातो गोलीले भुटेको थियो । तर, राजनीतिक चेतना भएका अधिकांश युवाहरू घर छोडेर भूमिगत भइसकेका र द्वन्द्व चपेटामा गरेका जति भारत गइसकेका हुँदा मानवीय क्षति धेरै भएको सुनिएन । घरमा बुढाबुढी र महिलाहरू मात्रै भेटिने गरेको कारण धेरै जनाको हताहती नभए पनि धरपकट र बलात्कारजन्य घटनाले सीमा नाघेको सुनिन्थ्यो । बलात्कारमा परेका कैयौं महिला चेलीहरू गर्भवती हुनुपरेको सुनिन्थ्यो । दङ्गा प्रहरीको मानवताविरोधी कुकर्मको कारण सरकारको किलो सेरा टु अप्रेसन असफलसिद्ध भएको थियो । सरकारको ज्याजतिले पराकाष्ठा नाघेको कारण माओवादी विद्रोह भूसको आगोझैं सल्किएको थियो । नेपालको इतिहासमा माओवादी विद्रोह सशक्त र सशस्त्र हुने गरी मौलाउनुको प्रमुख कारणमध्ये यही किलो सेरा टु अपरेसन लाई एउटा मानिन्छ । यो अपरेसन असफल भएपछि सरकारले सेना परिचालन गर्नुपरेको थियो ।
पारिवारिक स्रोतका अनुसार नैनेलमाणु घटनामा मारिएका ६ जना निहत्था विद्यार्थीहरू नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध थिए । उनीहरूका आफन्त जति सबै नेकपा एमालेमा आबद्ध हुनु, अन्तिम संस्कारको बेला कालिकोट जिल्लाका नेकपा एमाले सचिवले ९सायद तुलाराम विष्ट० सबै शवलाई नेकपा एमालेको झण्डा ओढाउनु र नेकपा माओवादीले हालसम्म उनीहरू आफ्नो कार्यकर्ता भएको दाबी नगर्नु आदि कारणले उनीहरू नेकपा एमालेमा आबद्ध विद्यार्थी थिए भन्ने पुष्टि हुन्छ । यी सन्दर्भ र तथ्यहरूले उनीहरू नेकपा माओवादीमा नभएर एमालेमा आबद्ध विद्यार्थी थिए भन्न सकिन्छ । सुर्खेत क्याम्पसमा मैले उनीहरूलाई नेकपा एमालेको विद्यार्थी सङ्गठनमा सङ्गठित भएको देखेको थिएँ । तर, समय यस्तो थियो सामान्य अनुमान र रिसइबीमा प्रहरीले मान्छे मार्नु सामान्य थियो । मान्छे मार्नको लागि एउटै आरोप पर्याप्त थियो( माओवादी ।
घटना दुई
घटना २०५६ साल असोज १६ वा १७ गते हुनुपर्छ । साल र महिना एकिन भए पनि गते एकिन हुन सकेन तर १६ र १७ मा एक दिन भने अवश्य हुनुपर्छ । कर्णाली नदी तरेर म पारि भेल्तडी गाउँमा जानुपर्ने काम थियो । भेल्तडी दैलेख जिल्लामा पर्दछ, मेरो गाउँ घाटखेत भने अछाम जिल्लामा पर्दछ । घाटखेत र भेल्तडीको दूरी एक किलोमिटर जति मात्रै होला तर बीचमा कर्णाली नदी भएकोले आवतजावतमा आधा घण्टा लागिहाल्छ । एकाबिहानै म कर्णाली नदी किनारमा जान्छु । कर्णाली नदी किनारको बगरमा अड्काएर राखिएको सानो डुङ्गा ९सल्लोको रुख कोपेर बनाइएको० चढेर भेल्तडी जान लाग्छु । कर्णाली आफ्नै गति र सूरमा छचल्किँदै थियो । पानीका छालहरू फूर्तिका साथ उमिल्किँदै थिए । म डुङ्गा चलाउँदै नदीको अछाम किनारादेखि करिब ३० मिटरको दूरीसम्म पुगिसकेको थिएँ । डुङ्गा खियाउँदै गर्दा मेरो नजर नदीको किनारातिर पानीमा तैरिरहेको एउटा आकृतिमा पर्यो । एक्कासि म अत्तालिन्छु । मेरो नजर मान्छेको टाउको आकृतिको दृश्यमाथि थियो । एक मनले भन्यो, भैगो छोडिदिउँ कर्णालीको भेलमा यस्ता दृश्य कति देखिन्छन्, कति । अर्को मनले भन्यो, होइन त्यो आकृति मेरो साथी नवराज भाटको लाश पनि हुनसक्छ, जसलाई एक हप्ताअघि मात्र अर्थात् असोज १० गते प्रहरीले पक्रेर बेपत्ता बनाएको थियो ।
मेरो दोस्रो सोच निर्णायक बन्यो । म त्यो मानव आकृति नजिकै गएँ । पूरै शरीर पानीले छोपिएको, उत्तानो परेको अवस्थामा मुखाकृति स्पष्ट देखिएर चिन्न सकिने अवस्थामा रहेको निर्जीव मानव शरीर नजिक पुग्छु, म । आम्मामा १ मेरो अनन्य मित्र, नवराज भाट दुरुस्त छ । हत्या हुनुभन्दा एक हप्ताअघि मात्रै सेभिङ्ग गरेको जस्तो लाग्ने सानो तर बाक्लो दाह्रीवाल मानव आकृति मेरो मित्र नवराजको निष्प्राण शरीर हो भन्ने कुरामा कुनै द्विविधा थिएन । दाब्लोको ९डुङ्गा खियाउने काठको डण्डी० सहायताले पानीले छोपिएको खुट्टा उठाएर हेर्छु । हरे शिव १ प्रहरीले पक्राउ गरेको अघिल्लो दिनमा हामी दुईजनाले सँगै खाजा खाँदा लगाएको उही खैरो जिन्स पाइन्ट र रातो छालाको जुत्तामा निष्प्राण शरीरमा मेरो अगाडि छ, नवराज । एक सय होइन, एक हजार प्रतिशत दुरुस्त एक हप्ताअघि मात्रै सँगै खाजा खाँदै गफ गरेको मेरो साथी आज पार्थिव शरीरमा मेरो अगाडि थियो । मलाई सम्हालिनुबाहेक कुनै उपाय थिएन । मैले दाब्लाकै सहायताबाट साथीको मृत शरीरलाई बगरतिर धकेलेँ । घाँटीको रुद्रघण्टीनेर श्वासप्रश्वास नली छेडिने गरी एउटा र नाभीमा अर्को गरी दुईवटा गोली दागिएको स्पष्ट देखिन्थ्यो, जुन दृश्यले मलाई झनै स्तब्ध बनायो ।
अछाममा २०५६ साल कहालीलाग्दो समय थियो । प्रहरीको आँखामा पर्नु काललाई निम्ता दिनुजस्तै हुन्थ्यो । प्रहरीले मान्छे समात्यो कि उसको जीवन सकियो भन्ने अनुमान करिब सत्य सावित हुन्थ्यो । प्रहरीले समातेको मान्छेको चासो लिने, उसलाई छुटाउन प्रयत्न गर्ने आफन्तलाई नै माओवादीको बिल्ला भिराएर प्रहरी गोली ठोक्न बेर लगाउँदैन भन्ने त्रास व्याप्त थियो । मेरो साथी नवराज पनि यस्तै परिबन्दमा परेको थियो । असोज १० गतेको दिन नवराज भाट सदरमुकाम मंगलसेन जान भनेर घरबाट हिँडेका थिए । उनी शिक्षक भएकोले सदरमुकाम गइरहने काम परिरहन्थ्यो ।घ रबाट दुई घण्टाको ठाडो ओरालो झरेपछि नवराज आफ्नो गाविसको मुकाम चिल्ताडामा पुगेछन् । चिल्ताडामा प्रहरी चौकी थियो । त्यही दिन कालेकाँडा गाउँ विकास समितिको गाउँ परिषद्को बैठक चलिरहेको रहेछ । गाविस सचिवले शिक्षक नवराज भाटलाई परिषदको बैठकमा सहभागिताको लागि अनुरोध गरेछन् । एउटा जिम्मेवार शिक्षकलाई जिम्मेवार गाविस सचिवले आफ्नो गाउँ परिषदमा सहभागिताका लागि अनुरोध गरेपछि नवराजले त्यो दिन चिल्ताडामै बसेर अर्को दिन बिहानै सदरमुकाम जाने मानसिकता बनाएछन् । र, उनी गाउँ परिषदको बैठकमा सहभागी भए । दिनभरि गाउँ परिषदको बैठक चल्यो । त्यहाँ नवराजको टेकबहादुर शाही नामका चिनजानका मान्छेसँग भेट भएछ । टेकबहादुर शाहीको घर कालीकोटको मालकोट भन्ने गाउँमा थियो । माओवादीको ज्यानधम्कीको कारण टेकबहादुर शाही घरबाट विस्थापित भएर ज्यानसुरक्षाका लागि चिल्ताडामा बस्ने गरेका थिए । त्यति बेला प्रहरी चौकीं भएकोले चिल्ताडा सुरक्षित स्थान मानिन्थ्यो । त्यो बेलासम्म अछाममा लुकिछिपी राति मात्रै माओवादीहरूले कसैमाथि आक्रमण गर्नसक्ने अवस्था थियो । तर, प्रहरी भने तीन(चार जनाको समुहमा गाउँमा हिँडडुल गर्नसक्ने अवस्थामा थियो । गाउँ परिषद्को बैठकमा नवराज भाट र टेकबहादुर शाहीलाई एउटै पङ्तिमा सँगै बस्ने अवसर जुरेको रहेछ । कुराकानीको सन्दर्भमा नवराजले टेकबहादुर शाहीलाई भनेका रहेछन्(
‘शाहीजी, मान्छेको यस्तो भिडभाडमा माओवादी घुसपैठ हुनसक्छन् । यस्तो भिडभाडको समयमा खतरा हुनसक्छ, आफ्नो ज्यानको ख्याल राख्नु होला, चनाखो भएर बस्नुहोला ।’
नवराज र टेकबहादुर शाहीबिच थुप्रै वैयक्तिक कुराकानी भए होलान् तर माथिको संवाद सुनिजान्ने प्रमाण हो । गाउँ परिषद्को बैठक सकिएपछि उनीहरू आआफ्नो बास्थानतिर लागेछन् ।
बेलुकी साढे सात बजेतिर टेकबहादुर शाही आफू बस्दै आइरहेको होटलको आँगनीमा बसेर रेडियो कानमा लगाएर सुनिरहेका रहेछन् । त्यो समयमा रेडियो नेपालको ‘घटना र विचार’ कार्यक्रम निकै चर्चित थियो । अलिकति राजनीतिक चासो राख्ने मान्छेले रेडियो नेपालको घटना र विचार कार्यक्रम सुन्न छुटाउदैनन् थिए । टेकबहादुर शाही पनि सोही कार्यक्रम सुन्न ध्यानमग्न रहेछन् । रेडियो सुन्न एकोहोरो ध्यानमग्न भइरहेको मौका छोपेर तीन जना अज्ञात व्यक्तिहरूबाट टेकबहादुर शाहीको टाउकोमा प्रहार भएछ । खुकुरीले अन्धाधुन्ध खुकुरी प्रहार गरेर आक्रमणकारी फरार भएछन् । एकछिन अगाडि शान्त देखिएका टेकबहादुर शाही रगताम्मे अवस्थामा अशान्त बने । त्यहाँ अवस्था बीभत्स डरलाग्दो बन्यो । रगतका धारा बग्न थाले । अचेत, बेहोसी र बीभत्स अवस्थामा टेकबहादुर शाही कराउन थाले(
‘ऐया १ माओवादीले मलाई खुकुरी प्रहार गरे । बचाओ १ बचाओ १ ऐया नि मरेँ, म मरेँ ।‘
उनको चिच्चावटले पूरै चिल्ताडा बजार थर्किए छ । उनको चिच्चावट यति बिघ्न थियो कि सायद नजिक रहेका जङ्गली जनावरहरू आतङ्कित बनेर कुलेलम ठोके होलान् । कीटपतिङ्गरहरू थर्कमान भएर गुप्त भए होलान् । तर, पूरै चिल्ताडा गाउँ मुर्दा शान्तिमा निदाइरहेको थियो । घरको ढोका थुनेर गाउँलेहरू घरभित्रबाट चुपचाप टेकबहादुर शाहीको चिच्चावट सुनिरहेका थिए । एकै छिनअघि टेकबहादुर शाहीसँगै रहेका मान्छेहरू दौडिँदै आफ्नो घरभित्र पस्न आतुर थिए । एउटा मानव जीवनको अन्तिम क्षणमा प्राणको भिख मागिरहेको बीभत्स अवस्था देखेर सँगै बसेका मान्छेहरू निर्मम भागिरहेका थिए । सायद यो निर्ममता समयको दोष थियो । उनको चिच्चावटले नजिकै रहेको प्रहरी चौंकी पनि तरङ्गित भएछ । एकै छिनपछि प्रहरी घटनास्थल पुगिहाल्यो । पुग्ने बित्तिकै प्रहरीले अचेत अवस्थाका टेकबहादुर शाहीलाई केरकार गर्न थालेछ(
‘शाहीजी, तपाईँलाई हामी केही पनि हुन दिँदैनौं । हामी हेलिकप्टर मगाएर तपाईको काठमाडौँमा उपचार गराउँछौं । तर भन्नुहोस् तपाईमाथि खुकुरी प्रहार गर्ने को हो रु तपाईँ उनीहरूलाई चिन्नुहुन्छ कि रु तपाईलाई कसमाथि शङ्का लाग्छ रु’
छट्पटाइरहेका टेकबहादुर शाहीले अचेत अवस्थामै भनेछन्(
‘मलाई नवराज भाटमाथि शङ्का लागेको छ । उसले नै दिउँसो आज तपाईलाई खतरा हुनसक्छ भनेको थियो । मेरो हत्यारा नवराज भाट हो, त्यसलाई नछोड्नु होला ।’
टेकबहादुर शाहीको यो अन्तिम वाक्य थियो । यो वाक्यपछि उनी निशब्द बने अर्थात् निष्प्राण भए । कालिकोटमा रहेको आफ्नै घर असुरक्षित मानेर प्रहरी चौकीको सहारामा ज्यान जोगाउन एक महिना अघिदेखि चिल्ताडामा बस्दै आइरहेका टेकबहादुर शाही सधैँका लागि बिदा भए ।
स्वर्गीय टेकबहादुर शाहीको मरणासन्न वाक्य सुनिसकेपछि प्रहरीलाई अरु के चाहियो र १ प्रहरी सरासर नवराज भाट बास बसेको घरमा पुगेछ । सुतिरहेको अवस्थामा नवराज भाटलाई जगल्ट्याएर प्रहरीले चौकी लिएछ । त्यसपछि नवराजको अवस्था कसैलाई थाह हुन सकेन । उसको चासो राख्नुको अर्थ आफ्नो काल निम्याउनु हुनसक्थ्यो । कसको आँट र हिक्मत हुने रु केही समयअगाडि कोलाहल र चिच्याहटमा थर्किएको चिल्ताडामा यसरी सन्नाटा छायो कि मानौं आज जुनकीरीले आफ्नो पुच्छरमा बत्ति बाल्न बिर्सियो । भ्यागुत्ताले ट्वारट्वार गरेर गीत गाउन बिर्सेका थिए । अन्दाजी १२ बजेतिर प्रहरी चौकीमा दुई राउण्ड बन्दूक पड्किएको आवाजले चिल्ताडा बजार आतङ्कित भएछ । सुन्ने जतिले नवराज भाटको इहलीला समाप्त गर्ने आवाज यही हो भन्ने लख काटेछन् । तर वास्तविक अवस्था कसैलाई थाह थिएन, अज्ञात थियो । प्रहरीले समातेको मान्छेको विषयमा चासो लिनु आफ्नै ज्यानको खतरा थियो । प्रहरीले माओवादीको बिल्ला लगायो कि उसको जीवन सकियो भनेर बुझे हुन्थ्यो । पहिलेदेखि नै नवराज भाट प्रहरीको आँखाको तारो बनिसकेको, प्रहरी उसलाई समाउने निहुँ कुरिरहेको भनेर खासखुस कुरा गर्थे, स्थानीयहरू ।
भोलिपल्ट नवराज भाटका बुवा जहरी भाट छोराको अवस्था बुझ्न चिल्ताडा पुगेछन् । तर उनले पनि प्रहरीसँग सोधपुछ गर्न सकेका थिएनन् । त्यति बेला प्रहरीलाई प्रहरी होइन काल देख्थे, मान्छेहरू । साससहितको छोरा पाउने आशामा बुवा जहरी भाट एक हप्तादेखि चिल्ताडाको बजार चाहारिरहेका थिए । प्रहरी चौकींमा पुगौं, कतै आफै कालको शिकार भइने त होइन रु अन्यौल, आशा र निराशाको भवचक्रमा बुवा जहरी भाटले जेनतेन एकहप्ता बिताइसक्नु भएको थियो । सोही समयमा मैले नवराज भाटको शव कर्णाली नदीको पानीमा तैरिरहेको अवस्थामा भेट्टाएको थिएँ । म बिलखबन्दमा परेँ । समयले भनिरहेको थियो
(‘पवन, तँ भाग १ यो काल मात्तिएको समय हो । तँ, जानी(जानी आफ्नो ज्यान किन जोखिममा पार्दैछस् रु नवराज तेरो साथी भए पनि उ निष्प्राण भइसक्यो । अब त्यसको कुनै काम छैन । मरेको मान्छेको लागि आफ्नो ज्यान किन जोखिममा पार्छस् रु वास्ता नगरेर आफ्नो बाटो लाग्, पवन १ तैंले लाश भेटाएर आफन्तलाई बुझाएको प्रहरीले थाह पायो भने तेरो आयु सिद्धियो, तँ छैनस् १’
त्यतिबेला समय बलवान मात्रै होइन, निर्मम पनि थियो । तर साथीको शव नदेखेझैं गरेर कुलेलम ठोक्न मलाई मेरो आत्माले दिएन । मैले पानीमा तैरिरहेको नवराजको शवलाई नदी किनारमा सुरक्षित बनाएर उनका आफन्तलाई जानकारी दिनु आफ्नो कर्तव्य सम्झिएँ । निष्प्राण भइसकेको साथीको भौतिक शरीरमा प्राणवायु भर्न सक्दैन थिएँ, म । तर आफ्नै साथीको पार्थिव शरीर देखेर पनि बेवारिस छोडेर जाँदा आफ्नो जीवित अस्तित्वको कुनै मूल्य नहुने महसुस गरेँ । मानवीय कर्तव्य निर्वाह गर्दा पुलिस काल बनेर आउँछ भने ज्यान अर्पण गर्न मेरो मानसिकता तयार भयो । टाउको पानीतिर र खुट्टा जमिनतिर पारेर ठुला ढुङ्गाले अड्याएर शव बहेर नजाने निश्चय गरेँ । टाउको जमिनतिर बनाउँदा वा पूरै शव जमिनमा राख्दा गिद्धले खाने समस्या हुन सक्थ्यो । शवको सुरक्षाका लागि पानीमै रहन दिनुपर्ने बाध्यता थियो, मलाई ।
जेनतेन शव संरक्षणको व्यवस्थापन गरेपछि नवराजको आफन्तलाई जानकारी दिनु मैले जरुरी सम्झिएँ । बाटोमा दर्जनौं मान्छे ओहोरदोहोर गरिरहेका थिए । उनीहरू अधिकांशले म र नवराजलाई चिन्थे पनि । मैले भेटिएका मान्छेलाई नवराजको शव भेटिएको उनका आफन्तलाई जानकारी दिन अनुरोध गरेँ । तर कोही पनि सहयोग गर्न तयार भएनन् । नवराजको शव भेटिएको कुरा सुन्ने बित्तिकै वायुवेगको रफ्तारमा भाग्थे, गाउँलेहरू । केही सीप नलागेपछि स्वयम् म आफैँले नवराज भाटको आफन्तलाई खबर गर्न जाने मनस्थिति बनाएँ । आफैँ जाने भएपछि नवराजको शवलाई नदीले बगाएर लिन नसक्ने गरी व्यवस्था गरेँ । अन्ततः एक घण्टाको बाटो तताएर आफैं नवराज भाट बुवासम्म पुगेँ । जाँदा र फर्किँदा लागेको दुईघण्टासम्म पनि संयोगवश हामीले शव सुरक्षित भेटायौं । एकैछिन नवराजको पार्थिव शरीर आफन्तहरूले घेरिएको थियो । त्यो बेलाको रुवाबासी, बिलौना र शोकको घडी म शब्दमा व्याख्या गर्न सक्दिन । अन्ततः वैदिक सनातन परम्पराअनुसार सोही स्थानमा नवराजको अन्तिम संस्कार सम्पन्न गरी हामी बिदाबारी भयौं ।
मलाई थाह भएअनुसार नेकपा माओवादीको विद्रोहमा अछामी भूमिमा रगत बगाउने पहिलो अछामी नवराज भाट हुन् । यद्यपि नेकपा माओवादी सशस्त्र युद्धमा सबैभन्दा पहिले मृत्युवरण गर्ने व्यक्ति माओवादी नेता टंक बोगटी हुन् । उनलाई प्रहरीले कैलाली जिल्लामा गिरफ्तार गरेर २०५५ साल भाद्र १७ गते निर्ममतापूर्वक हत्या गरेको थियो । तर, अछामभित्रै बलिदानी दिने पहिलो व्यक्ति भने नवराज भाट नै हुन् । टंक बोगटी नेकपा माओवादीका नेता थिए । उनको हत्यापछि नेकपा माओवादीले उनलाई सहिद घोषणा गरेको थियो । नेकपा माओवादीले अहिले पनि टंक बोगटीको सम्झनामा सहिद स्मृति दिवस मनाउने गरेको छ । तर नवराज भाट नेकपा माओवादी समर्थक थिए भन्ने कुरा अहिलेसम्म पनि पुष्टि भएको छैन । उनी नेकपा एमाले समर्थक थिए । एमाले विभाजन भएपछि उनी नेकपा मालेमा संगठित थिए । तर उनको हत्या प्रहरीले नेकपा माओवादीको कार्यकर्ता भनेर गर्यो ।
घटना तीन
उदयराम जैसी नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घका नेता थिए । नेपाली काङ्ग्रेको विद्यार्थी सङ्गठन हुँदै उनी युवा सङ्गठन नेपाल तरुण दलको पनि नेता भइसकेका थिए । त्यति बेला युवाहरूमा अहिलेको जस्तो राजनीतिमा आशक्ति थिएन । विद्यार्थी र बेरोजगार हुँदा रहरले विभिन्न सङ्गठनमा आबद्ध हुनेहरूको कमी थिएन । राजनीतिलाई समाजसेवाको रूपमा समर्पित भएर यसमा सङ्गठित हुनेहरूको सङ्ख्या निकै कम थियो । उदयराम जैसी भने राजनीतिमा समर्पित मान्छे थिए । उनी राजनीतिकै लागि जन्मिएको जस्तो लाग्थे । त्यसैले उदयराम जैसी नेपाली काँङ्ग्रेसको पूर्णकालीन राजनीतिक कार्यकर्ता थिए । अर्थात् उनी आजसम्म बाँचेका हुन्थे भने यतिबेला अछाम जिल्लामा नेपाली काङ्ग्रेसको प्रशिद्ध नेता वा कुनै निर्वाचित जनप्रतिनिधिको रूपमा स्थापित व्यक्तित्व हुने थिए जस्तो लाग्छ । उदयराम जैसीले नेताको परिचय बनाइसकेका थिए । उनलाई नामले भन्दा पनि नेताजी भनेर सम्बोधन गर्नेहरुको सङ्ख्या बढी थियो । अर्थात् कालेकाँडामा ‘नेता’ भन्ने बित्तिकै सर्वसाधारणले उदयराम जैसीलाई चिन्थे ।
उदयबहादुर शाही नेपाली काँग्रेसका गाउँस्तरीय नेता थिए । साथै उनी स्थानीय सामान्य व्यापारी पनि हुन् । यदि उहाँ हालसम्म जीवित हुनुहुन्थ्यो भने नेपाली काँग्रेसको वडास्तरमा नेतृत्व गर्नसक्ने खुबीका नेता कहलिन्थे भन्ने मेरो अनुमान छ । नयाँराम जैसी नेपाली काँग्रेस निकट शिक्षक सङ्घमा आबद्ध थिए । उनी सङ्घमा सामान्य आस्थावान मान्छे हुन् । हाल उनी बहालवाला शिक्षक छन् । यी तिनै जनासँग मेरो निकै निकट, आत्मिय र व्यक्तिगत सम्बन्ध थियो । यहाँ म सबैभन्दा पहिले शिक्षक नयाँराम जैसीसँगको विषयमा कुरा गर्न चाहन्छु ।
नयाँराम जैसी मेरै उमेर समुहका मान्छे हुन् । यद्यपि म भन्दा दुई तीन वर्षले उहाँ जेठो हुनुहुन्छ जस्तो लाग्छ । पञ्चदेवल विनायक नगरपालिका वडा नं। ५ आलीमा अवस्थित विजय प्रा।वि। मा ९२०४९ सालमा० शिक्षक पदपूर्तिका लागि दरखास्त आव्हान भएको थियो । उक्त पदमा नयाँराम जैसी र म दुवैजना प्रतिस्पर्धी थियौं । हामी दुवै जनाले भर्खरै एसएलसी उत्तीर्ण गरेका थियौं । हामी दुवै जना शिक्षकका आकाङ्क्षी थियौं । त्यो समयमा गाउँमा एसएलसी पास गरेको मान्छे भेटिनु निकै ठुलो कुरा थियो । यस्तो समयमा हामी दुई जना एउटै पदका आकाङ्क्षी थियौं । तर, अभिभावक र विद्यालय व्यवस्थापन समितिले मलाई शिक्षक बनाउने निर्णय गर्यो । म शिक्षकमा छनौट भएपछि नयाँराम जैसी नियाउरो अनुहार लगाएर घर फर्किनुभएको अहिलेझै लाग्छ । म शिक्षकमा छनोट हुनुको आधार क्षमताको मूल्याङ्कनले थिएन । उक्त विद्यालयका लागि नयाँराम जैसीभन्दा म बढी नजिकको स्थानीय व्यक्ति हुनु छनोटको आधार थियो । नजिकको स्थानीयलाई प्राथमिकता दिनुपर्ने त्यतिबेलाको चलन थियो । पछि उहाँ आफ्नो गाउँ नजिकैको विद्यालयको स्थायी शिक्षक बन्नुभयो । एक वर्षपछि शिक्षकबाट राजीनामा दिएर म क्याम्पस पढ्न गएको थिएँ भने नयाँराम जैसी शिक्षक पदमा कार्यरत भइरहनु भएको थियो। हाम्रो सम्बन्ध सुमधुर थियो र अहिले पनि सुमधुर छ ।
उदयराम जैसी ठ्याक्कै मेरै उमेर समुहका हुन जस्तो लाग्छ । अझ, म भन्दा एक दुई वर्षले कान्छो हुन् कि १ निकै मिजासिलो मान्छे हुनुहुन्थ्यो, उहाँ । ख्यालठट्टामा माहिर, सामाजिक र निडर स्वाभावका लाग्थे मलाई, उदयराम । उदयबहादुर शाही हाम्रो अग्रज हुनुहुन्थ्यो । मितेरी नाताले उहाँ उहाँ मेरो दाइ पर्नुहुन्थ्यो । हाम्रो उमेरमा करिब बिस वर्ष जतिको फरक थियो होला । २०५६ सालको माघ महिनातिर उदयराम जैसी, उदयबहादुर शाही र म अछामबाट सँगै काठमाडौँ आएका थियौं । त्यो समयमा नेकपा माओवादी नेपाली काङ्ग्रेसविरुद्ध बढी आक्रामक थियो । अछामदेखि काठमाडौँ आउँदा कैलालीको चिसापानीसम्म पैदल यात्रा गर्नुको विकल्प थिएन । घरबाट हिँडेको पहिलो दिन हामी सुर्खेत जिल्लाको बाँसपानी खोलामा बास बसेका थियौं । दोस्रो दिन कैलालीको चिसापानी बजार बास बस्यौं र तेस्रो दिन चिसापानीबाट रात्रिबसमा काठमाडौँ पुगेका थियौँ ।
काठमाडौँमा तीन(चार दिन हामीले सँगै घुमफिर गर्यौं । हामीमध्ये उदयबहादुर शाही पहिलोपटक काठमाडौँ आउनुभएको हुँदा उहाँलाई घुमाउनका लागि पनि सँगै घुमफिर गर्नुपर्ने थियो । किनकि हामीले बाटोमै काठमाडौँ पुग्ने बित्तिकै उहाँलाई घुमाउने बचन दिइसकेका थियौं । म रोजगारको खोजीको सिलसिलामा काठमाडौँ आएको थिएँ भने उदयबहादुर शाही नेकपा माओवादीको धम्कीको कारण ज्यान सुरक्षाका लागि काठमाडौँ बस्ने सोंचले आउनुभएको थियो । उदयराम जैसी भने राजनीतिक कामको सिलसिलामा काठमाडौँ निरन्तर आवतजावत गरिरहन्थे । अछामदेखि काठमाडौँ आइपुग्दासम्म र काठमाडौँमा करिब एक हप्ता सँगै घुमफिर गर्दा हामीबिच थुप्रै कुराकानी भए । लाग्छ, जीवनमा हामी तीनजनाको यति धेरै सामिप्यता र अन्तरंग कहिले पनि भएको थिएन । हाम्रो कुराकानीका विषय देशको राजनीति, माओवादी समस्या, बेरोजगारी समस्या र व्यक्तिगत मामिला नै थिए । तर, यतिको सामिप्यता र कुराकानीमा उहाँहरू दुवै जनामा नेकपा माओवादीविरुद्ध सुराकी गर्नुपर्ने कुनै कारण र व्यवहारको सङ्केत मैले देखेको थिएन् । माओवादीप्रति उहाँहरूको सहानुभूति र उनीहरूले उठाएका एजेण्डामा समर्थन रहेको मैले पाएको थिएँ । बरू दुवैजना आफ्नै नेताविरुद्ध आक्रोशित देखिन्थे । आफ्नै नेताको कमजोरीले गाउँमा माओवादी समस्या बढ्दै गइरहेको र आफूजस्तै निर्दोष कार्यकर्ताले दुःख पाइरहने अवस्था रहेको दुवै जनामा रोष थियो । चिल्ताडामा प्रहरी चौकी पुनस्थापना हुनुपर्छ भन्ने कुरामा भने दुवै जनाको माग थियो । प्रहरी चौकी स्थापनाका लागि सहयोग गर्न उहाँहरूले आफ्ना नेताहरूलाई दबाब पनि दिएका थिए । नवराज भाटको हत्यापछि चिल्ताडाबाट प्रहरी चौकी विस्थापित भइसकेको थियो ।
उदयबहादुर शाही आफू गाउँमा माओवादीबाट असुरक्षित भएको ठानेर चिन्तित थिए । उहाँ काठमाडौँ आउनुको कारण नै नेकपा माओवादीबाट उत्पन्न डर थियो । तर उदयराज जैसीलाई भने माओवादीप्रति एकरति पनि डर थिएन । पशुपतिनाथको मन्दिर पारिपट्टि वनकालीको चौतारीमा बसेर हामीले गरेको कुरा मलाई अहिलेझैं लाग्छ । मैले दुवैजनालाई तपाईहरूलाई गाउँमा असुरक्षा हुनुसक्छ, त्यसैले काठमाडौँ नै बस्नुहोस् भनेर सल्लाह दिएको थिएँ । तर उदयराम जैसीले भनेका थिए(
“मैले के गल्ती गरेको छु र गाउँ छोड्नुपर्ने रु काङ्ग्रेसका यी नेताहरू सच्चिएनन् भने म स्वयम् माओवादी भएर यिनै नेताहरूको टाउकोमा वम पड्काउन बेर लाग्ने छैन । म माओवादी हुने हो भने अछाममा काँङग्रेसका नेताहरू अछाम नगए हुन्छ, सधैंका लागि घर त्याग्नुपर्ने हुनसक्छ ।”
नेपाली काँङ्ग्रेसका अछामी नेताहरू उदयराम जैसी माओवादीसँग घुलमिल भइसकेको आशङ्का व्यक्त गर्थे । एक जना दिग्गज नेताले मसँग भनेका थिए(
“त्यो उदयरामको दिमाग माओवादीले खाइसके कि क्या हो रु जतिबेला पनि माओवादी(माओवादी मात्रै भनिरहन्छ रु”
काठमाडौँको एक हप्ताको बसाइँमा उदयबहादुर शाहीले नेपाली काङ्ग्रेसका थुप्रै नेतासँग ज्यानको भिख मागेर निराश भइसकेका थिए । नेताहरूले काठमाडौँमा गाँसबासको न्यूनतम व्यवस्था गरिदिनु पर्छ भन्ने उनको माग थियो । तर कुनै पनि नेताले उनको अनुरोधलाई मनन् गरेनन् । एउटा कानले सुनेर अर्को कानले उडाइडिए । वनकालीको छेउमै बसेर शाहीले बोलेका यो संवाद मेरो मानसपटलमा ताजै छ(
“हुन त माओवादी गर्दा मलाई फाइदा पनि भएको छ । उनीहरूको डर नमानेको भए म काठमाडौँ कहिले पनि देख्न पाउने थिएन । उनीहरूले नै मलाई माठमाडौँ देखाइदिए । आफ्नै दाजुभाइ त हुन् नि १ म घर फर्किन्छु उनीहरूसँगै मिलेर बस्छु ।”
काठमाडौँ बस्नसक्ने उपाया क्षीण भएपछि उदयबहादुर शाहीले यसरी निराशा व्यक्त गरेका थिएँ । उनको भनाइ नटुङ्गिँदै उदयराम जैसीले ठट्यौली पारामा हाँस्दै भनेका थिए(
“शाहीजी, माओवादीले काठमाडौँ देखाएर त ठीकै गरे तर माथि पनि देखाइदेलान् है १ ख्याल गर्नुहोला ।”
जैसीको यो संवाद सुनेर मैले पनि हाँसो रोक्न सकेको थिएन । तर उदयबहादुर शाही कठोर र निडर बन्दै गएको मलाई आभास थियो । भनेका थिए(
“होइन, म अब घर नै जान्छु । माओवादी बाघ त होइनन् नि। उनीहरू पनि मान्छे हुन् । म उनीहरूसँग मिलेर बस्छु ।”
नभन्दै केही दिनपछि उदयबहादुर शाही अछाम फर्किसक्नु भयो भन्ने सुनियो । म पनि बेरोजगारी समस्याले पीडित थिएँ । धेरै दिनसम्म काठमाडौँ बस्न सक्ने अवस्थामा थिएन । त्यसपछि हामी तिन जना को कता गयौं मलाई थाह भएन । आआफ्नो बाटो लागेका थियौं । तर, केही समयपछि मेरो र उदयराम जैसीको गाउँमै भेट भएको थियो । त्यो बेला नेपालको कुनै ठाउँमा सुराकीको आरोपमा नेकपा माओवादीका कार्यकर्ताले नेपाली काङ्ग्रेसका नेताको हत्या गरेका थिए । उक्त समाचार रेडियोमा हामी दुवै जनाले सँगै सुनेका थियौं । समाचार सुनिरहँदा उदयराम जैसीले अनायस भनेका थिए(
“भर्खर काठमाडौँबाट आइएको छ, यस्ता समाचार सुनिन्छन्, फेरि गइहाल्नुपर्छ कि क्या हो यार । कतै मारिदिने पो हुन् कि १”
तर एकैछिनमा जैसीले फेरि भनेका थिए(
“हुन त मैले के गरेको छु र मैले डर मान्नुपर्ने रु”
उदयराम आफैँ प्रश्न र आफैँ जवाफमा अल्मलिएपछि मैले सोधेको थिएँ(
“तपाईको माओवादीसँग भेट हुन्छ कि रु के भन्छन् उनीहरू रु”
उनले बेला(बेला माओवादी कार्यकर्तासँग आफ्नो भेटघाट हुने गरेको र आफूलाई गाउँमै बस्न उनीहरूले सल्लाह दिने गरेको मलाई सुनाएका थिए । ‘फटाह सामन्तहरू मात्रै गाउँ छोडेर भाग्छन्, तपाईँजस्तो इमान्दार मान्छेलाई गाउँमा बस्न कुनै समस्या छैन’ भनेर माओवादीले आफूलाई आश्वासन दिएको उदयरामले मलाई सुनाएका थिए । इमान्दार नेताहरू गाउँमा सजिलै बस्न सक्छन् भन्ने सन्देशले आफ्नो पार्टीलाई सहयोग हुने भनेर आफूलाई गाउँमै बस्न माओवादीले अनुरोध गरेकोले आफूलाई कुनै डर नभएको कुरामा उदयराम निर्धक्क देखिन्थे । त्यतिबेला माओवादीको कुरा गर्नु निकै चुनौतिपूर्ण हुन्थ्यो । गाउँमा माओवादीका कार्यकर्ता देख्दा पनि देखेँ भन्नसक्ने आँट कसैको हुँदैनथ्यो । प्रहरीको कानमा कुरा पर्ने बित्तिकै परिस्थितिले अर्को मोड लिनसक्ने खतरा थियो । तर उदयराम जैसी मसँग यति विश्वस्त थिए कि उनी माओवादीसँग आफ्नो भेटघाट भइरहेको कुरा मलाई निसंकोच सुनाइरहेका थिए ।
उदयराम जैसीसँग मेरो भेटघाट भएको तीन चार दिन मात्रै भएको थियो होला । २०५६ साल चैत्र ३० गते राति नेकपा माओवादीका कार्यकर्ताले सुराकीको आरोपमा उदयबहादुर शाही, उदयराम जैसी र नयाँराम जैसीमाथि साङ्घातिक आक्रमण गरेको सुनियो । प्रहरीले नवराज भाटको हत्या गरेको आठ महिनापछि अछामको कालेकाँडामा अर्को यो दःखद घटना घटेको थियो । उदयबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको सुनियो । केही महिनाअघि आफूसँगै काठमाडौँ गएको मान्छेको दुखद निधनको खबर पत्याउन मलाई निकै गाह्रो भइरहेको थियो । उदयराम जैसी र नयाँराम जैसीलाई सरकारी हेलिकप्टरबाट जीवितै उद्धार गरी उपचारार्थ काठमाडौँ शिक्षण अस्पताल पुर्याइएको खबर सुनियो । घटनाको चार दिनपछि २०५७ साल बैशाख ३ गते उदयराम जैसीले शिक्षण अस्पताल काठमाडौँमा उपचारको क्रममा देहत्याग गरेको दुखद खबर सुनियो । म स्तब्ध भएँ । केही समयअघि मात्रै अछामदेखि काठमाडौँसम्म सँगै लामो यात्रा गरेको क्षण र गरेका थुप्रै कुनाकानी पुनर्ताजगी भएर मानसपटलमा अङ्कुराए । सुरक्षाका लागि जीवनमा पहिलोपटक काठमाडौँ पुगेका उदयबहादुर शाही र उनले आफ्नै नेताहरूसँग ज्यान गोजाइदिन गरेको याचना मेरो दिमागमा नाचिरह्यो । ज्यानसुरक्षाका लागि काठमाडौँ बस्न उनले गरेको भगिरथ प्रयत्न र केही सीप नलागेपछि घर फर्किनुपरेको परिस्थितिमा ज्यान जानुपरेको दुखद अवस्थाको म जानकार तिएँ । अनि वनकालीको चौतारीमा उदयराम जैसीले उदयबहादुर शाहीलाई भन्नुभएको ‘माओवादीले काठमाडौँ देखाए भनेर धेरै खुसी नहुनुहोस् कतै माथि पनि देखाइदेलान्, ख्याल गर्नुहोला शाहीजी’ संवाद मानसपटलमा खेल्न थाल्यो । उदयबहादुर शाहीप्रति लक्षित ठट्यउली आज आफैँमाथिको व्यङ्ग्य बन्दै थियो । नेपाली काङ्ग्रेसका लगभग सबै नेताहरूले असुरक्षाको कारण गाउँ छोडिसक्दा समेत गाउँमै बसिरहेका उदयराम जैसीसँगका भेट र उनका संवादले व्याकुल बनाइरह्यो । ‘मैले के गल्ती गरेको छु र डर मानेर भाग्नुपर्ने रु’ करिब एक हप्ताअघि उनमा देखिएको आत्मविश्वास, आँट र काठमाडौँको भेटमा आफ्नै नेताहरूमाथि पोख्नुभएको आक्रोश दिमागमा घुमिरह्यो । जीवनको अन्तिम समयमा उदयराम जैसी र उदयबहादुर शाहीसँग भएको सामिप्यताले मलाई झन बढी घायल बनायो ।
लामो उपचार पश्चात शिक्षक नयाँराम जैसीले पुनर्जीवन पाएका थिए । घटना प्रकृति हेर्दा नेकपा माओवादीका कार्यकर्ताहरूबाट उदयराम जैसी, उदयबहादुर शाही र नयाँराम जैसी तीनै जनालाई हत्या गर्ने योजना रहेको स्पष्ट हुन्छ । यस घटनापछि पुनर्जीवन पाएका शिक्षक नयाँराम जैसीसँग मैले बुझ्दा आआफ्नो घरमा राति सुतिरहेको अवस्थामा नेकपा माओवादीका कार्यकर्ताले उहाँहरू तीनैजनालाई अपहरण गरेर गाउँभन्दा पाँचसय मिटरको दूरीमा रहेको खोलामा साङ्घातिक आक्रमण गरेका थिए । तीनैजना नै मारिएको सोचेर माओवादी कार्यकर्ता छोडेर हिँडेका थिए । तर, उदयबहादुर शाहीको घटनास्थलमै र उदयराज जैसीको काठमाडौँ शिक्षण अस्पतालमा उपचार गर्दागर्दै चार दिनपछि मृत्यु भएको थियो । एक जना नयाँराम जैसीले भने लामो उपचारपछि पुनर्जीवन पाएका थिए ।
घटना चार
जिल्ला विकास समितिको कार्यालय अछाममा जागिर सुरु गरेको ६ महिना पनि भएको थिएन । अर्थात् जिल्ला विकास समितिको कार्यालय अछाममा २०५८ साल भाद्र २५ गते पूर्वाधार विकास अधिकृत पदबाट मैले जागिरे जीवन सुरु गरेको थिए । म २०५८ साल फागुन ४ गते शनिबारको त्यो कहालीलाग्दो दिनको विषयमा लेख्दैछु । फागुन महिनाको दोस्रो हप्तामा हुन लागिरहेको अछाम जिल्लाको परिषद्को तयारी अन्तिम चरणमा पुगेको थियो । त्यो बेला जिल्ला परिषद् जिल्लाको सर्वोच्च निकाय मानिन्थ्यो । जिल्ला परिषद्सम्म आइपुग्दा योजना तर्जुमाका तेह्रवटा चरण पार गरी सक्नु पर्दथ्यो । पूर्वयोजना तर्जुमा बैठक, वडा समिति बैठक, गाउँ समितिको बैठक, गाउँ परिषद्को बैठक, इलाकास्तरीय बैठक, विषय समितिका बैठक, एकीकृत समितिको बैठक, जिल्ला विकास समितिको बैठक र जिल्ला परिषद्को बैठक गरी राष्ट्रिय योजना आयोग तथा विषयगत मन्त्रालयमा योजना प्रस्ताव गर्ने सबै गरी योजना तर्जुमा प्रक्रियाले चौधवटा चरण पार गर्नु पर्दथ्यो । एकीकृत समितिको बैठक सम्पन्न गरेर हामी जिल्ला परिषद्को बैठकमा पेस गर्नुपर्ने योजनाहरू माइन्युटमा लेख्न व्यस्त थियौं । ६ वटा विषयगत समितिका निर्णयहरूलाई एकीकृत समितिको एउटै माइन्युटमा सार्नुपर्ने कार्यभार थियो । कार्यालय प्रमुख ९एलडिओ० बाहेक जिल्ला विकास समितिको कार्यालयमा हामी तीनजना अधिकृत थियौं । एक(एक दिन आलोपालो गरेर हामी तीन जना अधिकृतले माइन्युट लेखन कार्य गरिरहेका थियौं । फागुन ४ गते माइन्युट लेख्ने पालो मेरो थियो । शनिबारका दिन म एकाग्र भएर माइन्युट लेखिरहेको थिएँ । डेरामा म र सदरमुकाममा पढ्नका लागि आफूसँगै राखेको मेरो ७ वर्षीय छोरा मात्रै थियौं । मैले छोरालाई आफूसँगै राखेर विद्यालय पठाउने गरेको थिएँ । माइन्युट लेखिँरहदा रातिको ११।५५ बजेको पत्तै भएन । दिनभरि लेख्ने कार्य भएकोले म निकै थकित अवस्थामा थिएँ । छोरा भने दुई घण्टा पहिले नै निदाइसकेको थियो । अब सुत्नुपर्छ भन्ने मानसिकताले कलम बन्द गरेर माइन्युट दराजमा थन्क्याएर पिसाब गर्न कोठाबाहिर निस्किएँ । पिसाब गरेर कोठाभित्र प्रवेश गर्दा रातिको १२।०० बज्नै थालेको थियो । ढोकाको चुकुल लगाएर बत्तिको स्वीच थिच्नैलाग्दा एक्कासि घर नै थर्किने गरी ठुलो ड्याम्म आवाज आयो । आवाजसँगै बिजुलीको बत्ति पनि निभ्यो । मंगलसेन र साँफैबगरभरि एकैसाथ बत्ति निभेको रहेछ । भटटट‘ड्याङ डुङ‘‘ ऐया बा मरेँ‘ काका‘ मामा‘। आदि इत्यादि आवाजले मंगलसेन बजार थर्कमान हुन्छ । भीमकाय आवाजले निदाएको छोरा ब्युझिसकेको थियो । एउटा बुवालाई आफूभन्दा आफ्नो सन्तानको धेरै माया हुँदोरहेछ भन्ने यो घटना एउटा दृष्टान्त बन्यो । बम, बारुद र बन्दूकको आवाजले म बसेको घर थर्किरहेको थियो । एउटा पोथी कुखुरीले आफ्नो चल्लालाई पखेटाले छोपे जसरी खाटमुनि घोप्टो परेर आफ्नो मुनि छोरालाई राख्न पुगेँछु। बम बारुदको आकाश थर्काउने आवाज सामना गर्न विवश थियौं, हामी । आवाज यति भयङ्कर थियो कि आजसम्म मैले त्यति ठुलो आवाज सुनेको छैन । आफ्नै अगाडि चट्याङ्ग खस्दा सामना गर्नुपर्ने आवाजभन्दा पनि कैयौं गुणा ठुलो थर्कमान आवाजले हामी आतङ्कित भइरहेका थियौं ।
“बुवा हामी बाँचौला र रु”
छोराको मुखारबिन्दूबाट बारम्बार निस्किरहने निर्दोष आवाजलाई सान्त्वना दिन जबर्जस्त भनिरहेको हुन्छु(
“केही हुँदैन, नडराऊ, चिन्ता नगर १”
“त्यसो भए हामी खाटमुनि किन लुक्ने त रु”
छोराको निर्दोष प्रश्नले निरुत्तर हुन बाध्य हुन्छु, म । तर पनि भन्न बाध्य हुन्छु(
“चुप लगेर बस ।”
मेरो डेरा जिल्ला प्रहरी कार्यालयदेखि करिब दुई सय मिटर जति टाढा थियो भने शाही नेपाली सेनाको ब्यारेकदेखि करिब तीन समय मिटरको दूरीमा हुँदो हो । बम बारुदको आवाज जिल्ला प्रहरी कार्यालय र सैनिक व्यारेकमै केन्द्रित थियो । रातभरि ‘ऐया मरेँ, हानहान ठोक, दुश्मनले घेरा तोड्दैछ ठोक ठोक’ आदि इत्यादि आवाजहरू र बम वारुदको ड्याङ्ग डुङ्गले मानसिक असन्तुलन भइसकेको थियो । आज जीवनको अन्तिम दिन रहेछ भन्ने करिब निष्कर्षमा पुगिसकेको थिएँ, म । कतिबे ला हामी बसेको घरमा बम पड्किएर इहलीला समाप्त हुन्छ प्रतीक्षा गरिरहेजस्तै अवस्था थियो । कति बेला माओवादी सेना घरभित्र पस्छन् र तातो गोली दागेर इहलीला सकिन्छ भन्ने त्रासले मानसपटल असन्तुलित थियो । पटक(पटकका आवाजहरूले आफू बसेको घरमै बम प्रहार भएजस्तो लाग्थ्यो । बमको ठुल्ठुलो आवाजसँगै माथिल्लो तल्लामा बस्ने मान्छेहरू बेहोसमा ऐया(ऐया भनेर कराएको आवाज बारम्बार सुनिन्थ्यो । बम, बारुदको थर्कमान आवाजसँगै रातका प्रहर छिचोलिँदै उज्यालो हुन्छ । अकल्पनीय त्रासदीमा रात बित्यो, बिहान भयो ।
बिहानको सात बजेसम्म घर बाहिर निस्किन सकिने अवस्था थिएन । घरभित्र हामी थियौं, बाहिर लडाकूहरू अनेक आवाजमा कराइरहेका थिए । केही समयपछि हेलिकप्टरको आवाज सुनियो । हेलिकप्टरले हामी बसेको घरलाई नै लक्षित गरे जसरी आकाशबाट आएको आवाजले घर थर्कमान हुन्थ्यो । मैले आकाशबाट हामी बसेको घरमा बम खसालिएको अनुमान गरेको थिएँ तर हाम्रो नजिकैबाट माओवादीका सेनाहरूले हेलिकप्टरलाई ताकेर गोली हान्दा निस्केको आवाजले हामी थर्कमान भइरहेका रहेछौं । बिस्तारै मान्छे र गोला बारुदको आवाज कम हुँदै गयो । जमिनमा बम, बारुदको आवाज सुस्ताए पनि आकाशबाट हेलिकप्टरले झनझन आतङ्कित बनाइरहेको थियो । भट्टट‘ड्याङ्ग कैयौं प्रकारका आवाज सुनिन थालेका थिए । लौंन १ रातभरि बालबाल जोगिएको ज्यान अब हेलिकप्टरको आक्रमणमा परेर खरानी हुनु लेखेको रहेछ १ मनमा अनेक तरङ्ग तरङ्गित हुन्थे । बिहानको ८ बजेतिर मंगलसेन बजारभन्दा तल कारागारतिर नेपाली सेनाको हेलिकप्टर अवतरण भएको खबर सुनियो । आकाशबाट भइरहेको फाइरिङ्ग पनि कम हुँदै गयो । अब त बाँचिने भइयो भन्ने आशाले बाहिरको अवस्था बुझ्न छोरोलाई कोठैभित्र थुनेर म आफू बाहिर निस्किएँ । यति बेलासम्म झलमल्ल घाम लागिसकेको थियो । म बसेको घरदेखि ५० मिटरको दूरीमा मूल बाटो पर्दथ्यो । म मूल बाटोमा पुगेँ । म त्यहाँ पुगेको एक मिनेट अगाडि मात्रै त्यहीँबाट सरकारी सेनाको एक टुकडी गएको रहेछ । करिब एक सय मिटरको दूरी परबाट मैले शाही नेपाली सेनालाई देखिरहेको थिएँ । सरकारी सुरक्षाकर्मी भनेपछि म निर्धक्क थिएँ । आफु कर्मचारी भएकोले उनीहरूले हाम्रो सुरक्षाको जिम्मा लिन्छन् जस्तो लागेको थियो, मलाई । तर, त्यति बेला सरकारी सेना काल बनेर आएको रहेछ । मंगलसेनमा देखिएका मान्छे जति सबैलाई उसले माओवादी ठानेको रहेछ । जसलाई भेटियो त्यसैलाई गोली दागेर सिध्याउने धाउन्नमा रहेछ, नेपाली सेना । अगाडि भेटिएको मान्छेलाई सिध्याइहाल्ने अविवेकी चेतमा रहेछ, उ । मसँग जम्माभेट हुन एक मिनेटको समय फरक परेको नेपाली सेनाले जम्काभेट हुने सम्भावित ठाउँबाट अगाडि बढेको पाँच मिनेटभित्र तीन जना सर्वसधारणको ज्यान लिएको थियो । रामेछाप जिल्लाबाट कामको खोजीमा ९उनीहरू काठ चिर्ने काम गर्थे० अछाम पुगेका तीन जना मजदुरलाई रामेछाप घर भएकै कारण माओवादी ठानेर सेनाले गोली हानी हत्या गरेको थियो । रातभरि बम बारुदबाट ज्यान जोगाएर सकुशल बाँचियो सोचिरहेका विचरा ती मजदुर बिहान सरकारी सैनिकबाट मारिएका थिए । एक मिनेटको फरकमा म सरकारी सेनाबाट जोगिएको थिएँ । बाह्य वातावरण बुझ्न म बजारको माथिल्लो स्थानमा गएँ, जहाँ ६।७ जना मैले चिनेका अन्य मान्छेहरू बसेर मंगलसेनको दृश्य नियालिरहेका थिए । आफ्नो कोठादेखि एक सय मिटरको दूरीसम्म पुग्दा बाटोमा रगताम्मे र बीभत्स अवस्थामा यत्रतत्र छरिएका शवहरू देखेर मेरो मानसिकता विक्षिप्त बनेको थियो । विक्षिप्त अवस्थामै माथि अग्लो थुम्कोमा पुगेर मैले चारैतिरको मंगलसेन नियालेँ । तत्कालीन अछामी राजाले बनाएको ऐतिहासिक राजदरबार भवन धुवाँको कालो मुस्लोले ढाकिएको थियो । जिविस, वन, शिक्षा, कृषि, टेलिकम, भेटनरी, सिडियो कार्यालयलगायत सम्पूर्ण सरकारी कार्यालयहरू कालो मुस्लोले छोपिएका थिए । जता हेर्दा पनि कालो मुस्लो र आगो मात्रै देखिन्थ्यो । त्यति बेला मैले जापानको नाकासाकी र हिरोसिमालाई सम्झिएँ । सायद, नाकासाकी र हिरोसिमा यसरी नै जलेर खरानी भएका थिए होलान् । केही समयपछि प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय अनुसन्धान अधिकृत र उहाँको धर्मपत्नी मारिएको र करिब २०० जनाभन्दा बढी सङ्ख्यामा मान्छे खबर सुन्दा आफू जीवित छु भन्ने विश्वास गर्न नसकिने मानसिकता बनेछ । आगोको र धुवाँको मुस्लोले ढाकिएको अछाम दरबार देखेर म स्तब्ध मात्रै भएन आफूलाई धन्य पनि सम्झिएँ । किनकि त्यो दिनभन्दा पाँच महिनाअगाडि मात्रै मैले जागिर सुरु गरेको हुँदा मा डेराको खोजीमा थिएँ । डेरा खोजी गर्ने क्रममा मलाई राष्ट्रिय अनुसन्धान अधिकृतले भन्नुभएको थियो(
“सिडिओ साप र हामी अछाम दरबारमै बस्छौं । एउटा कोठा खाली छ । मंगलसेनमा बाथरुम, शौचालय, बिजुली पानीको यतिको सुविधा भएको अर्को घर छैन । सुविधा पनि पाइने, भाडा पनि नपर्ने यतै बसौं सर बाहिर किन भाडा तिर्नुहुन्छ रु”
फागुन ४ गति रातिको माओवादी आक्रमणमा परेर त्यही भवन भग्नावेशमा परिणत भइरहेको थियो । त्यहाँ बस्ने प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय अनुसन्धान अधिकृत र उहाँको धर्मपत्नी निष्प्राण हुनुभएको खबर सुन्नु परिरहेको थियो । मलाई पनि जिल्लाकै ठूलो र सुविधासम्पन्न भवनमा सित्तैमा बस्न पाइन्छ भने किन नबसौँ नलागेको होइन तर अर्को मनले सोच्यो( माओवादी आक्रमणको निशानामा अछाम दरबार परेको हुनसक्छ । दुईचार पैसाको लोभ गरेर ज्यान जोखिममा राख्नुभन्दा निजी घरमा डेरा बनाउनु बुद्धिमानी हुने ठानेर म बजारदेखि अलि टाढा बसेको थिएँ । धन्न बुद्धि पुगेर आफु बाँचिरहेको आभास भयो, मलाई । आफूले पुनःजन्म पाएको अनुभूति भयो । दुईचार हजारमा लोभिएको भए २०५८ मै खरानी भइसक्ने रहेछु ।
समय बित्दै जाँदा करिब १० बजेतिर मंगलसेन बजार शाही नेपाली सेनाको पूर्णनियन्त्रणमा आइसकेको थियो । जिल्ला विकास समितिका सभापति कृष्णप्रसाद जैसीको कुशल समन्वयले मंगलसेनमा थप क्षति हुन पाएन । जिल्लामा जेनतेन बाँचेका डीएसपीसहित केही प्रहरीहरू अछाम दरबार अगाडि रहेको चौरमा बसेर ज्यानको याचना गरिरहेका थिए । मंगलसेनमा अवतरण भएको पहिलो हेलिकप्टरबाट शाही नेपाली सेना झर्ने बित्तिकै तिनै प्रहरीमाथि अन्धाधुन्ध गोली हान्न थाल्यो । सभापति कृष्णप्रसाद जैसीले आफूलाई परिचित गराएर मंगलसैनको वस्तुस्थिति सरकारी सेनालाई बुझाउन सफल हुनु भएपछि मात्रै स्थिति सहज भएको थियो । विपत्तिमा बोल्ने कला र वाक पटुताको आवश्यकता पर्दोरहेछ भन्ने उदाहरणको रूपमा मैले कृष्णप्रसाद जैसीलाई पाएँ । उहाँ मात्रै हुनु हुन्थेन भने मंगलसेनमा ठुलो नरसंहार हुने निश्चित थियो, मलाई यस्तै लाग्छ । यसपछि डीएसपी र प्रहरीहरूले आफ्नो परिचय दिएर दुवै हात ठाडो पारेपछि मात्रै सरकारी सेनाले गोली हान्न छोडेको थियो । यस घटनाबाट पनि बाहिरबाट आएको सेनामा मंगलसेन माओवादीको कब्जामा रहेको र आफ्नो नियन्त्रणमा लिन आँखाअगाडि देखिने जतिलाई गोली हान्ने मानसिकतामा रहेको बुझ्न सकिन्छ । त्यसपछि मात्रै हामी सर्वसाधारण बजारमा हिँडडुल गर्न सक्ने अवस्था भएको थियो ।
मंगलसेन हेर्न नसकिने अवस्थामा थियो । यत्रतत्र छरिएका विक्षिप्त अवस्थाका शवहरू, जालझैं छियाँछियाँ परेका बिजुलीका पोलहरु, गोली र बमले भत्किएका घरका भित्ताहरू, कालो मुस्लोले छोपिएका भवनहरू, यत्रतत्र देखिएका बम र गोलीका खोकाहरू, आकाशमा उडिरहेका र अवतरण हुन लागिरहेका हेलिकप्टरहरू आदि इत्यादि बीभत्स दृश्यले फेरि पनि बाँच्छु भनेर विश्वास गर्न सकिने अवस्था थिएन । कति बेला कहाँनेर बेवारिसे बममा परेर सिद्धिने हो भन्ने त्रासमा हिँड्नु पर्ने अवस्था थियो । बिस्तारै मंगलसेनको अवस्था जानकारी हुन थाल्यो । सेनाको ब्यारेकमा रहेका ५८ जना सैनिकमध्ये ५५ जना सैनिक मारिएको खबर सुनियो । नेपाल प्रहरीतर्फ त्यतिकै सङ्ख्यामा हताहती भएको जानकारी पाइयो । अछामको साँफेबगर र मंगलसैनमा एकैपटक नेकपा माओवादीबाट आक्रमणमा गरिएको रहेछ । दुईवटै स्थानमा नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी र सर्वसाधारण गरी एक सय साठी जना सरकारी पक्षको ज्यान गएको तथ्याङ्क पुष्टि भयो । विद्रोही नेकपा माओवादीतर्फ पनि त्यतिकै सङ्ख्यामा हताहती भएको हुनसक्ने अनुमान थियो । सदरमुकाम मंगलसैनमा मात्रै दुवै पक्षका गरी करिब २०० भन्दा बढी शव भएको अनुमान थियो । जीवनको पहिलोपटक म लाशको थुप्रो अगाडि थिएँ । धुवाँको कालो मुस्लो, निष्प्राण मानव शरीरको थुप्रो, प्वाल परेका बिजुलीका पोल र घरका भित्राहरू, जति हेर्यो रगतका टाटाहरू मात्रै देखिने, कल्पनामा नसोचेको र व्याख्या गर्न नसकिने बीभत्स दृश्यको साक्षी बनेको थिएँ, म । मैले किताबमा पढेको रुवाण्डा, इथोपिया, सुडान र गाँजा क्षेत्रका दृश्यहरू आफ्नै आँखाअगाडि भोगिरहेको थिएँ ।
समयले नेटो काट्दै गयो । सरकारी कर्मचारीहरू मंगलसेन कसरी छोड्ने भन्ने धाउन्नमा थिए । हामी केही कर्मचारीहरू नेपाली सेनासँग मिलेर यत्रतत्र छरिएका शवहरूलाई मंगलसेन टुँडिखेलमा एकीकृत गर्न थाल्यौ । फागुन ५ गते बेलुकी अबेरसम्म सम्पूर्ण शवहरू एकीकृत गर्ने कार्य भयो । यति धेरै मानव मृत शरीर मैले जीवनमा पहिलो पटक साक्षात्कार गरिरहेको थिएँ । फागुन ६ गतेदेखि शव सनाखत हुन थाल्यो । सनाखतपछि मृतकका आफन्तकहाँ शव पुर्याउने कार्य हुन थाल्यो । धेरैजसो शवहरू सेनाको हेलिकप्टरबाट धनगढी, नेपालगञ्ज र दिपायल ओसार्ने काम भइरहेको थियो । सरकारी कर्मचारीहरू मंगलसैन छोड्न आतुर थिए । उनीहरूलाई हेलिकप्टरभित्र छिर्न पाउँदा सायद जीवितलोकमा पुगेजस्तो आभास हुन्थ्यो होला । त्यसैले लाशसँगै कोचिएर कर्मचारीहरू हेलिकप्टर चढिरहेका थिए । अछामलाई विपत्ति पर्दा केन्द्र प्रशासित कर्मचारीहरू कुलेलम ठोकिरहेका बेला हामी भने बम बारुदको धुँवाभित्र निसास्सिएर लाशको रगतले लत्पदिँदै थियौँ । उनीहरू घर पुगेर आफन्तसँग पुनर्जीवनको माया साटिरहँदा हामी बाँच्ने आशा त्याग गरेर लाशको रगतले डुबेको मंगलसेनलाई पखालेर सरसफाइमा तल्लिन थियौं ।
करिब एक हप्तापछि मंगलसेन आर्मी, प्रहरी र एक जना शाखा अधिकृतस्तरका सिडिओबाहेक सरकारी कर्मचारीविहीन भयो । त्यसपछि एक वर्षसम्म मंगलसेन मृत सहरजस्तै देखिन्थ्यो । लामो समयसम्म अछाममा कोही पनि सरकारी कर्मचारी जान मान्दैन थिए । सम्पूर्ण कार्यालयहरू लामो समयसम्म निमित्त प्रमुखबाट सञ्चालन भइरहे । मंगलसेन घटनापछि लगातार पाँच जना शाखा अधिकृतले अछामको सिडिओको रूपमा काम गरेको तथ्याङ्क छ । यो समयमा जिल्ला विकास समितिका कर्मचारीहरूलाई राज्यले गहन् जिम्मेवारी दिएको थियो । केन्द्रबाट खटाइएका कर्मचारी अछाम जान नमान्ने भएपछि स्थानीय निकायका कर्मचारीलाई एलडिओको जिम्मेवारी दिइएको थियो । नागरिकता सिफारिस लगायतका कार्यहरू पनि स्थानीय निकायका कर्मचारीहरूको जिम्मा दिइएको थियो । द्वन्द्वमा विकास निर्माणका कार्यहरू सुस्ताए पनि जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउनेहरूको घुइँचो लाग्ने गर्थ्यो । स्थानीय निकायको पदावधि २०५९ मा सकिएकोले देश जनप्रतिनिधिविहीन अवस्थामा थियो । यस्तो अवस्थामा नागरिकता सिफारिस गर्ने विकल्प हामी स्थानीय निकायका कर्मचारी मात्रै थियौं । लाग्छ, द्वन्द्वकालमा करिब २५ हजारभन्दा बढी अछामीहरूको नेपाली नागरिकताको प्रमाणपत्रको सिफारिसमा मैले हस्ताक्षर गरेँ होला । तर अवस्था सहज भएपछि राज्यले हाम्रो योगदानलाई बिर्सियो । आज पनि शासकहरूले केन्द्र र स्थानीय तहको भूमिका बुझ्न सकेका छैनन् । त्यसैले त केन्द्र प्रशासित कर्मचारीहरूलाई दुई तह बढुवा गरेर स्थानीय तहमा समायोजन गर्दा हामीलाई जिल्लाबाट जस्ताको तस्तै पालिकातिर लखेटियो ।
समयले आज पच्चिसौं वसन्तको पालुवा फेरिसकेको छ । द्वन्द्वकालमा यी चारवटा घटनाहरूको अलावा अछाममा कैयौं घटनाहरू घटेका छन् । २०५६ सालमै नेकपा माओवादीले अछामको विनायकमा नेपाल बैंक लिमिटेड कब्जा गरेको थिए । त्यहाँ रहेको इलाका प्रहरी कार्यालयका इन्चार्जलाई नियन्त्रणमा लिएर केही समयपछि छोडिएको थियो । २०६० सालतिर विनायकमै माओवादीले सञ्चालन गरेको सांस्कृतिक कार्यक्रमलाई लक्षित गरी सरकारी सेनाले गरेको हवाई आक्रमणमा थुप्रै जनाको हताहती भएको थियो । २०५७ सालको माघी पर्वको दिन तत्कालीन ढाँकु गाविसको डुङगाला भन्ने ठाउँमा दङ्गा प्रहरीले गरेको आक्रमणमा परेर पाँच जना सर्वसाधारणहरूले क्यान गुमाएका थिए । तर मैले मेरो नजिकबाट देखेको, स्वयं आफैले साक्षात्कार गरेका घटनाहरू मात्रै यहाँ उल्लेख गरेको हुँ ।
कहालीलाग्दा ती दिन र घटनाहरूले समय(समयमा मेरो मानसपटलका पाना खल्बल्याइदिन्छ । सम्झिँदा शरीरका रौं ठाडा हुन्छन् । बेला(बेला मानव विवेकशून्य ती दिन, मान्छेको मान्छे नै काल बनेको त्यो अतीतले मलाई विक्षिप्त बनाइरहन्छ । द्वन्द्वकालमा कैयौं घटनाहरू साक्षत्कार गरियो । तर यी चारवटा घटनाहरू मेरो जीवनको नजिकबाट गुज्रिए । घटना एकमा हताहती हुने ६ जना निर्दोष विद्यार्थीहरू मेरै चिनजानका साथी थिए । हामी एउटै संस्थाका ९क्याम्पस० परिवार थियौं । उनीहरूको हत्या गर्ने दङ्गा प्रहरीबाट म बालबाल छलिएर बाँचेको थिएँ । यदि उनीहरूले मलाई देखेको मात्रै भए मेरो मृत्यु निश्चित थियो । दङ्गा प्रहरी अवतारमा आएको काललाई देखेर म ढुङ्गामा ओत लागेर बाँचेको थिएँ । घटना दुईमा मारिएका नवराज भाटसँग घटना भएको केही दिनअघि मात्रै मेरो भेट भएको थियो । हामीबिच थुप्रै कुराकानी भएका थिए । घटना तीनमा मारिएका उदयबहादुर शाही र उदयराम जैसीको जीवनको पछिल्लो तीन महिनादेखि म नजिक थिएँ । उदयबहादुर शाही नेकपा माओवादीबाट आफू असुरक्षित महसुस गरेर ज्यान सुरक्षाका लागि काठमाडौँ पुगेका थिए । काठमाडौँ बस्न सकिने आधार नभएको कारण जस्तो हुन्छ त्यस्तै टर्छ भन्ने बाध्यतामा उनी गाउँ फर्किएका थिए । उदयराम जैसी माओवादीबाट आफूलाई कुनै समस्या नहुने कुरामा ढुक्क थिए । माओवादी समस्या बल्झिनुमा उनी आफ्नै नेताहरूलाई दोषी देख्थे । तर उनीमाथि माओवादी कार्यकर्ताहरूले आक्रमण गरेको तीन चार दिनअघि मात्रै उनले मसँग भनेका थिए(
“माओवादीले कतै मारेर फालिदिने हुन् कि भर छैन ।”घटना चारको वर्णन शब्दमा सम्भव छैन । मंगलसेनमा माओवादीले आक्रमण गरेको एक हप्ताअघि मात्रै घटनामा मारिएका प्रमुख जिल्ला अधिकारीबाट मैले नेपाली नागरिकताको प्रतिलिपि बनाएको थिएँ, जुन आज पनि सुरक्षित छ । उहाँले मसँग अछाममा माओवादी गतिविधिको विषयमा चासो राख्नुभएको थियो । मंगलसेनमा मारिएका दर्जनौं प्रहरी र कर्मचारीहरूसँग मेरो चिनजान र सामिप्यता थियो । यी चारवटा घटनाले मेरो जीवनमा सर्वाधिक प्रभाव पारेका छन् । कहालीलाग्दा ती स्मरण उफ १