बाल अधिकार समिति गठन तथा स्थानीय स्तरमा बालबालिका को अवस्था विश्लेषण समन्धी पालिका स्तरीय समन्वयात्मक बैठक कमल्बजार मा सप्पन्न भएको छ ।कमलबजार नगरपालिका महिला तथा बालबालिका साखा को आयोजना, कमलबजार नगर पालिका को समन्वय वल्डभिजन र आस्था नेपालको आर्थिक सहयोगमा कमलबजार नगरपालिकाका उपप्रमुक भुमिस्रन ढकाल बजगाई को संयोजक्तो मा २१ जनाको बाल अधिकार समिति गठन गरियोको छ ।
बालबालिकाको अबस्था बिश्लेशणका लागि कमलबजार नगरपालिका वड न ३ का वडाअध्यक्ष जगत बहादुर बिष्टको सयोजकत्व १३ सदस्यीय कार्यदल गठन गरियो ।उक्त कर्यदलले १० वटै वडाका बाल बालिकाहरुका सवालहरु पहिचान गरि ती सवालहरुलाइ प्राथमिकिकरण गरि न्यूनीकरण गर्नका लागि स्थानिय तहमा रणनीति योजना बनाउने उदेश्यले कार्यदल गठन गरिएको हो।
नगर पालिकाको आर्थिक सहयोग र आस्था नेपालको प्राबिधिक सहयोगमा प्रत्येक वडाका बालक ,बालिका, महिला ,पुरुष र सरोकारवाला निकाय संग छ्लफल अन्तरक्रिया गरेर बालबालिकाको अबस्था विशबिश्लेश गरिने भएको छ ।
उक्त कार्यक्रममा उप प्रमुख भुमिशरण ढकाल बज्गाइले बाल बालिकाका क्षेत्रमा नगरपालिका बाट हुने सहयोगकालागि प्रतिबद्ध रहेको र सम्पुर्ण बालबालिका सम्बन्धि सरोकारवाला निकायले पनि साथ सहयोग र समन्वय गरेर कार्यक्रम गर्दा राम्रो उपलब्धि हुने कुरा बताउनु भएको छ उक्त कार्यक्रममा कमलबजार न पा का दस वाटै वडाका अध्यक्ष बिसयगत शाखा का प्रमुख तथा प्रतिनिधि बहुक्षेत्रीय पोषण का प्रतिनिधि ईलाका प्रहरी कार्यलय का प्रतिनिधि रेडियो कमलबजार प्रमुख गोबिन्द भण्डारी आस्था नेपालका कार्यक्रम अधिकृत भिम खत्री फिल्ड अफिसर कुल ब रावत र सामाजिक सहजकर्ता लबजङ्ग कुवर, तित बहदुर बिक लगायत को उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन पोषण शाखा फोकल प्रसन पबित्रा भन्डारी ले गर्नु भएको थियो।
प्रतिक्रिया