कर बढ्यो, ऋण थपियो,
सत्ता फेरियो, मन अझै दुख्यो।
विकासका चित्र कागजमा सीमित हुँदै,
नयाँ सपनाहरू खरानी जस्तै भए।
देश उठ्न सक्छ, उठ्नैपर्छ,
बिउँझने आगो बल्नैपर्छ।
चेतनाको दीप जलेपछि,
परिवर्तन पनि गर्नैपर्छ१
धनीहरू अघि अघि, गरीब पछि पछि,
न्यायका ढोका बन्द भए।
राजनीति मात्रै बोल्ने भाषा,
जनताको पीडा लाई वेवास्ता गरियो।
पावर र पैसाको खेल चलीरहेछ,
सत्ता भित्रै अन्याय पोसिँदैछ।
मध्यम वर्गीय बिचल्लीमा छन्,
न श्रमको मूल्य, न न्याय यहाँ।
लोकतन्त्रको आवरणमा,
निरंकुश राजतन्त्र लुकेको छ।
संविधानका पानामा मात्रै,
स्वतन्त्रताको कथा लेखिएको छ।

खोइ सजाय देशद्रोहीलाईरु
खोइ कारबाही अपराधीलाईरु
दिनप्रतिदिन अन्याय बढ्दैछ,
यो देशलाई सतीले सरापेझैँ लाग्दैछ

कानुन छ, कार्यान्वयन छैन,
अझै पनि राजनीति मैलो छ।
अब बोलौं, अब जागौं,
न्यायको बाटो आफैँ बनाऔं
प्रतिक्रिया