प्रविना चौलागाई अछाम
अछाम,सुदुरपश्चिमको रमणिय तर गुमनाम ठेगाना
उस्को नाम छैन प्रचलित, उस्को अस्तित्व नै बिराना
नाम उस्को सुनेको त मैले पनि थिन,
उस्को पहिचान चिनेको मैले पनि हैन,
तर परिकल्पना को बाहिर
मेरो सोच भन्दा धेरै पर,
मेरो अछाम सङ्ग भेट भयो
उस्लाइ थोरै चिन्ने मौका भाग्यले जुरायो,
यहाँ के छैन आखिर?
सुन्दर्ताले भरिपुर्ण छ, पर्यटकिय क्षेत्र थुप्रै छन्,
रामारोशनले त जितिसकेको छ सबैको मन,
यहाँ ठाँउ मात्र हैन, यहाँ आफ्नोपन पनि भेटिन्छ,
निर्दोश्पन, प्रेम सदभाव, सदाबाहार देखिन्छ
छैन भन्दिन, सिक्काको दोस्रो पाटा झै छन यहाँ कुरिति
तर अछामको चिनारिमा त्यो भन्दा ठुलो छ सङ्गालिएको संस्कृति
भासा नौलो लाग्ने सुन्दा, खाइजान्या, बाइजान्या, आया, खाया,
नबुजे पनि अछामले दिएको छ अबिस्मरणिय याद अनि माया,
साचै मेरो परिकल्पना बाहिरको अछाम मा अछामको अस्तित्व भेटिन्छ,
यहाँ इतिहासका कुरा भरिपुर्ण छन, दुखका बेथा गह भरि छन,
अनि यहाँ देउडा खेलमा पिडालाई मिठो धुनमा गाँसेर गुनगुनाउछन,
हिँसाका कुरा, सशक्तिकरणका कुरा, प्रेमका कुरा तेहि बोलमा गाउछन,
नबुझे पनि नजाने पनि देउडाको सुरमा यहाँ दुखका गाथा चिच्याउछन,
महत्व त यहाँको धार्मिक स्थलको पनि छ,
चार धामको एक धाम बैध्यनाथ धाम पनि त एहि चा,
प्रकृति देखि धर्म सम्म, इतिहास देखि अन्धविश्वास्को कथा सम्म,
अछामले सबै समेटेको छ
तर पनि,
मेरो परिकल्पना बाहिरको अछाम
अझै आफ्नो पहिचान्को खोजिमा छ,
तर पनि
मेरो परिकल्पना बाहिरको अछाम,
अझै आफ्नो अस्तित्व चिनाउन पर्खिरहेको छ ।
प्रतिक्रिया