उन्नत चुलोको बजारिकरण परियोजना अन्तरगत अभिमुखिकरण तथा प्रदशनी कार्यक्रम चौरपाटी गाउँपालिका वडा नँ ६ को दुनिको वडा कार्यलय र लिगुडसैनमा सम्पन्न भएको छ।
चौरपाटी गाउँपालिका का वडा नँ ६ का अध्यक्ष डबल बहादुर खडका को अध्यक्षता भएको अभिमुखीकरण कार्यक्रममा वडा स्थित मल्लो दुनि तल्लो दुनि,सेलपाखा का टोलका कर्मचारी,स्वास्थकर्मी ,तथा सर्बसाधारण हरुको सहभागिता रहेको थियो।
यस्तै लिगुडसैनमा भएको अभिमुखिकरण तथा प्रदशनी कार्यक्रम चौरपाटी गाउँपालिका वडा नँ ६ दुनिका वडा सद्स्य भानु सिङ साउँदको अध्यक्षता भएको अभिमुखीकरण कार्यक्रममा वडा स्थित पुर्ब वडा अध्यक्ष,शिक्षक,स्वास्थक्रमी,सामुदायिक बनका सद्स्य लगायत समाजसेबी बुद्दिजिबी तथा सर्ब साधारण को सहभागिता रहेको थियो।
आस्था नेपाल र प्राटिकल एक्सन को साझेदारिमा उन्नत चुलो बजारिकरण परियोजना को बारेमा जानकारी दिदै परियोजनाका सहजकर्ता सागर देबकोटाले सहजिकरण गर्नु भएको थियो ।
उक्त परियोजना आस्था नेपाल र प्राटिकल एक्सन ले आफ्नो पालिका का वडामा यो कार्यक्रम लागू गर्दा वडा तथा पालिका धुवा रहित बनाउन मा सहज पुग्ने र कार्यक्रम प्रभाबकारी बन्नेमा आफू विस्वस्त रहेको समेत जानकारि गर्नु भएको थियो।

प्रतिक्रिया