प्रेममा नपर्ने मानिस यो संसारमा शायदै होलान् । प्रेममा परेको मानिसको चालढाल नै फरक हुन्छ । महिला वा पुरुष दुवैको व्यवहार प्रेमले परिवर्तन गरिदिन्छ । यहाँ हामी प्रेममा परेका केटाहरूले कस्तो लक्षण देखाउँछन् बताउँदैछौं ।
तपाईंको केटा साथीले तपाईंसँग शपिङ गर्न चाह्यो भने बुझ्नुस् उसले तपाईंलाई के मन पर्छ अनि के मन पर्दैन थाहा पाउन चाहन्छ । उसले तपाईंप्रति प्रेमभाव देखाएको हो । उसको अनुरोधलाई स्वीकार गरेर शपिङमा लैजानुस् ।
केही कुरा तपाईं सुन्नै चाहनु हुँदैन तर केटा साथीले त्यही कुरा भन्छ । तपाईंको हितका लागि उसले प्रस्ट कुरा गरेर साँचो भावना देखाएको हो । ऊ तपाईंलाई प्रेम गर्छ ।
पुरुषले संसारसमक्ष आफ्नो डर देखाउन चाहँदैनन् । तर प्रेममा परेपछि केटा साथीले मनमा लुकेको डर पनि बताइदिन्छन् ।
प्रेममा परेको केटा आफ्ना साथीहरूसँग गायब हुँदैन । घुम्ने योजना बनाएपनि प्रेमिकालाई प्रस्ट बताइदिन्छन् । यसो गर्नु प्रेमको सुमधुर लक्षण हो ।
एजेन्सी
प्रतिक्रिया