रमेश रावत अछाम । पञ्चदेवल बिनायक नगरपालिकामा आँखा उपचार केन्द्रको स्थापना गरिएको छ ।
पन्चदेवल बिनायक नगरपालिका अछामका नगरप्रमुख अम्बिका चलाउनेको अध्यक्षतामा एक कार्यक्रम गरेर आँखा उपचार केन्द्रको स्थापना गरिएको हो ।
उपचार केन्द्र स्थापना गर्दै नगर प्रमुख चलाउनेले आँखाका बिरामीहरुको समस्याको पहिचानका लागि केन्द्रको भुमिका महत्वपुर्ण रहने बिश्वास व्यक्त गरिन । उनले आँखा उपचार केन्द्रका कर्मचारीले नगरपालिका सबै वडा तथा बस्तीमा आँखा जाँच गर्ने बताईन ।
केन्द्रको स्थापना तथा ब्यवस्थापन पन्चदेवल बिनायक नगरपालिका अछाम, च्यारिटी हेल्थ फाउन्डेसन नेपाल र बिबिएच आँखा फाउन्डेसन युएसएले गरेको हो ।
च्यारिटि हेल्थ फाउन्डेसनले आँखा उपचार तथा आँखाको सल्यक्रिया निशुल्क गरिरहेको संस्थाका निर्देशक त्रैलोक्यनाथ पाण्डेले बताए । उनले आँखा उपचार केन्द्रको सन्चालनमा सबै पक्षको सहयोग मिलेमा आगामी दिनमा आँखा अस्पतालको सेवा दिन सक्ने बताए ।