सामाजिक बिकाश कार्यलय अछामको सहयोगमा ब्याडमिन्टन खेलको लागि ईलाका प्रहरी कार्यलय बिनायक लाई ब्याडमिन्टन खेलका सामग्री हस्तान्तरण गरेको छ ।
हस्तान्तरण कार्यक्रममा सामाजिक बिकाश कार्यलय अछामका प्रमुख डम्बर रावल पञ्चदेवल बिनायक नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृपा बहादुर धामी वडा नं ६ का वडा अध्यक्ष कमल रावल नेपाली काङ्ग्रेस किसान महासंघ केन्द्रिय सदस्य टंक बहादुर धामी ईलाका प्रहरी कार्यलय बिनायकका प्रमुख पत्रकारको सहभागीता मा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

ईलाका प्रहरी कार्यलय लाई ब्याडमिन्टन खेलको लागि कप, र नेट जाली र ब्याडमिन्टन सेट समेत हस्तान्तरण गरेको हो।
ब्याडमिन्टन खेल विश्व प्रसिद्ध खेल मध्ये एक हो।यस खेल सिङ्गल र डबल गरी दुई दंगबाट खेलिन्छ।
व्यक्तिमा स्फूर्ति,लचकता,स्थिरता तथा सन्तुलनको विकास गर्न साथै शारीरिक तथा मानसिक स्वस्थ्यता का निम्ति यश ब्याडमिन्टन खेल खेलिन्छ।

यो खेलले गर्दा बिनायक बजार स्थित ब्यापारी कर्मचारी तथा सर्ब साधारण जनसमुदाय ले उक्त खेल खेल्न उपयोग हुन सक्ने सामाजिक बिकाश कार्यलयका प्रमुख डम्बर रावल ले बताउनु भएको छ।

प्रतिक्रिया