तपेन्द्र बहादुर धामि :÷केपी ओलीको असंबैधानीक कदमका विरुद्ध काँग्रेसद्धारा पन्चदेवल विनायक नगरपालिका ८ बारला विरोध प्रदर्शन ।। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्रि केपी ओलीले गरेको असंबैधानीक कदमका विरुद्ध काँग्रेसले पन्चदेवल विनायक नगरपालिका ८ बारला विरोध प्रदर्शन गरेको छ ।
नेपाली काँग्रेस वडा नम्बर ८ बारलाका वडा सभापति छत्रबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व राष्ट्रिय सभा साँसद अक्कल बहादुर विष्ट प्रमुख अतिथी रहनुभएकोथियो । प्रमुख अतिथीको आसनबाट बोल्दै पूर्व साँसद विष्टले नेपाली जनताको पक्षमा देशको विकास गर्न नेपाली काँग्रेसले मात्र काम गर्न सक्ने बताउनुभयो । उहाँले नेपाली जनताले मत दिएर दुई तिहाईको बनाएको र हाल आएर तिनै नेपाली जनताको मतको कदर गर्न नसकि उल्टै केपी ओलीले नेपाली जनतालाई लात हानेको आरोप लगाउनुभयो ।
विरोध कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रित जिल्ला सदस्य रुपलाल खनाल र नेपाली काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रिय सदस्य तथा पन्चदेवल विनायक नगरपालिका वडा नं.८ बारलाका वडाध्यक्ष तारा प्रसाद खनाल विशिष्ट अतिथी रहनुभएकोथियो । विशिष्ट अतिथी द्धोयले ५ वर्षको लागि नेपाली जनताले मेन्डेड दिएर पठाएका व्यक्तिहरुलाई पनि केपी ओलीले काम गर्न नदिएर असंबैधानिक कु को काम गरेको आरोप लगाउनुभएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नम्बर २ अछामका क्षेत्रिय सदस्य धुर्ब बहादुर शाही, खडकराज जैसी,नेपाल शिक्षक संघका प्रतिनीधी बम बहादुर शाही , टोन्द्र बहादुर शाही,दलित संघका गोईचे नेपाली, महिला संघकी रमना देबी शाही लगायतका अतिथीहरु रहनुभएकोथियो कार्यक्रममा विभिन्न पार्टी परीत्याग गरी करबि २ दर्जन बढिले काँग्रेसमा प्रबे गरेकाछन् ।
नव प्रबेशीहरुमा साविकको बारला गाविस वडा नम्बर ४ का २०४९ सालका वडाध्यक्ष, २०५४ सालका गाविस उपाध्यक्षका उम्मेद्धार, नेकपा पन्चदेवल विनायक नगर कमिटी सदस्य प्रशाद बहादुर शाही, पूर्व नेकपा एमालेका वडा सचिब तपेन्द्र बहादुर शाही, नेकपा वडा कमिटीका सदस्य रघे कामी, नरी बहादुर शाही, हर्क बहादुर शाही,जित बहादुर शाही , रत्नपति आचार्य लगायत करीब २ दर्जन बढि नेता कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रबेश गरेको बताइएको छ । नवप्रबेशीहरुलाई प्रमुख अतिथीले फूलमाला र अविरले स्वागत गर्नुभएकोथियो । नेविसंघका प्रतिनीधी नविन खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन नेपाली काँग्रेस पन्चदेवल विनायक नगरपालिका वडा नं. ८ बारलाका वडा कार्य समितीका सचिब विमल खनालले गर्नुभएकोथियो ।
प्रतिक्रिया