राष्ट्रपति निर्वाचित जो बाइडेनले ट्रम्प प्रशासनका अनेकौं निर्णयहरु उल्ट्याउन चाहेका छन् । पहिलो दिन नै ट्रम्प प्रशासनका निर्णयहरु उल्ट्याउने उनको तयारी छ ।
मेक्सिकोसँगको सीमा क्षेत्रमा निर्माणाधीन पर्खालको निर्माण कार्य रोक्ने र ईस्लामिक देशका नागरिकमाथि लागेको भ्रमण प्रतिबन्ध हटाउने उनको तयारी छ । अमेरिकी समयअनुुसार बुधबार दिउँसो सपथ लिएपछि उनले मेक्सिकोसँगको सीमा क्षेत्रमा निर्माणाधीन पर्खालको काम रोक्न आदेश दिनेछन् ।
डोनाल्ड ट्रम्पले यस पर्खाल निर्माणलाई प्राथमिकतामा राखेका थिए । त्यस्तै, १३ वटा देशका नागरिकको भ्रमण भिसा प्रक्रियालाई सामान्य अवस्थामा फर्काउने काम पनि उनले गर्नेछन्, यी देशहरुमध्ये अधिकांश इस्लामिक बाहुल्य देश छन् ।
‘धेरै मुस्लिम र अफ्रिकी देशका नागरिकलाई भिसा दिन कडाई गर्नेगरी लागु गरिएको यो प्रतिबन्ध हाम्रो देशमाथिको दागभन्दा केही कम थिएन । यसको जरा सिनोफोयिबा र धार्मिक संर्किणतामा थियो र अमेरिका प्रवेशमा विभेदकारी प्रतिबन्ध लगाएर हामी आफ्नो मुल्य मान्यताहरुबाट पछाडि फर्कदैंनौ भन्नेमा बाइडेन स्पष्ट छन्,’ राष्ट्रिय सुरक्षा सल्लाहकारका लागि बाइडेनले अघि सारेका जेक सुल्लिभानले भने ।
यसबाहेक बाइडेनले ‘डिफेरेड एक्सन फर चाइल्डहुट अराईभल्स (डिएसीए) कार्यक्रमलाई पनि बिस्तार गर्दैछन् र दस्तावेज नभएका आप्रवासीहरुलाई पनि जनगणना समावेश गर्ने सुनिश्चित गर्दैछन् ।
प्रतिक्रिया