अछाम: सामाजिक न्याय र रुपान्तरणका लागि काम गर्दै आएको सामाजिक सेवा केन्द्र ९सोसेक० नेपाल दैलेखले कर्णाली प्रदेश संगै शुदूरका विभिन्न जिल्लाहरुमा आफ्नो सामाजिक सेवा बिस्तार गरेको छ ।
विशेषगरी दैलेखलाई लक्षित गरि यस क्षेत्रका विपन्न नागरिक तथा घर परिवारलाई सोसेक ले आयआर्जन हुने सिपमुलक कार्यक्रमहरु सञ्चालन गरेको छ ।
आठबिस नगरपालिका वडा नम्बर ३ जाक्सीको एक गाउँका ३५ जना न्यून बर्ग छनोट गरि बाख्रा पालन व्यावसाय,तरकारी खेती, खोर गोठ ससधार तथा सिँचाइका लागि पानी र रिचार्ज पोखरीको व्यवस्था समेत सोसेकले गरिदिएको लाभान्वित स्थानीय नागरिकहरु खुसी हुँदै बताउने गर्छन् ।
यस क्षेत्रका स्थानीय तथा विपन्न परिवारका अनुसार खेतीयोग्य जमिन आफु संग प्रयाप्त मात्रामा भए पनि उत्पादन र आय आर्जनका लागि स्थानिय सरकार बाट थोरै पनि राहत नपुग्दा दुख लागेको र अहिले सोसेक नेपालले यस भुमिको महत्त्व बुझेर लगानी गरिदिँदा खुसीले हर्षउल्लास स्थानीयहरु भएका छन ।
सामाजिक रुपान्त्रणका लागी सोसेक दैलेख सदैभ अग्र स्थानमा रहेर काम गरिरहने सामाजिक सेवा केन्द्र सोसेक दैलेखले जनाएको छ । शुदूरआज
प्रतिक्रिया