Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

जुपुका समाजसेवी कडायतले गरे  विद्यार्थिहरुलाई न्यानो लुगा वितरण ।

अछाम टुडे by अछाम टुडे
जनवरी 4, 2025
in विशेष
106
0
82
SHARES
132
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

मंगलसेन नगरपालिका वडा न १० जुपुका स्थानीय समाजसेवी टेक बहादुर कडायतले विद्यार्थिहरुलाई न्यानो लुगा वितरण गर्नुभएको छ ।

वडामा रहेको कैलासेश्वर आधारधुत विद्यालयमा अध्यानरत ४६ जना बालबालिकालाई न्यानो लुगा वितरण गर्नुभएको हो । उक्त विद्यालयका संस्थापक तथा पुर्व विद्यालय व्यवस्थापन समितीका अध्यक्ष समेत रहनु भएका कडायतले विद्यालयमा अध्यानरत विद्यार्थिलाई चिसोबाट जोगाउने उदेश्यले न्यानो लुगा वितरण गरिएको कडायतले बताउनुभयो । विद्यालयका आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरिएपछि विद्यार्थि र बालबालिका खुसी भएका छन ।

रेडियो गाउँघर संग कुराकानी गर्दै कडायतले आफुले विद्यालय स्थापना पनि गरेको र अध्यापनपनी गाराएको विद्यालय भएकाले आगामी दिनमा विद्यालयको थप स्तरोन्नतीका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर कडायतको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष जनक बहादुर कुवँर प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष कुवँरले चिसो मौसममा बालकालिकाहरुलाई न्यानो लुगा वितरण गर्ने समाजसेवी कडायतलाई धन्यवाद दिदै आगामी दिनमा पनि विद्यालयको थप विकासका लागि पहल गर्न आग्रह गर्नुभएको छ । विद्यालय स्थापना गर्न देखी अन्य विकासका लागि कडायतको महत्वपुर्ण भूमिका रहेको भन्दै वडा अध्यक्ष कुवँरले अरु व्यक्तिहरुले पनि आगामी दिनमा पनि यस्तै परोपकारी काम गर्र्नुपर्नेमा जोड दिनुएको छ । राम्रो गर्ने विद्यालयलाई वडा समितिको तर्फबाट सधैं सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा बिशिष्ट अतिथिको आशनबाट बोल्दै पुर्व वडा अध्यक्ष नेत्र बहादुर रावलले विद्यालयको विकासका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ । आज सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर राम्रो नभएको गुनासो बढ्न थालेकाले यसका लागि  शिक्षकले पहिलो जिम्मेवारी लिनुपर्ने बताउनुभयो । 

विद्यालयको शैक्षिक क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोडदिदै पुर्व अध्यक्ष रावलले आगामी दिनमा सबैले सकारात्मक भुमिका खेल्न आवश्यक रहेको बताउनुभएको छ । 

न्यानो लुगा वितरण कार्यक्रमको समापन गर्दै अध्यक्ष धन बहादुर कडायतले आफ्नो नेतृत्वमा विद्यालयलाई लयमा लिने प्रतिबद्धता जनाउनु भएको छ । आफू नेतृत्वमा आएको छोटो समय भएकाले अबको एक बर्षमा विद्यालयमा धेरै कुरा सुधार गर्ने प्रतिबद्धता जनाउदै आफ्नो फजुल खर्च घटाएर विद्यालयको विकासमा लगानी गर्ने बताउनुभएको छ । कार्यक्रममा वडा सदस्य, अरू समाजसेवी र अभिभावकको सहभागीता रहेको थियोे । कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक ईन्द्र बहादुर रावलले गर्नुभएको थियो ।

Previous Post

नेपाल शिक्षक संघ नगर कार्यसमिति मंगलसेन अछामको बार्षिक नगर भेला सम्पन्न।

Next Post

कालागाउमा विद्यार्थीहरुका लागि सचेतनामुलक कार्यक्रम

Next Post

कालागाउमा विद्यार्थीहरुका लागि सचेतनामुलक कार्यक्रम

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In