कालिकोट जिल्लाको जिल्ला समन्वयको खुल्ला मञ्चमा जिल्ला स्तरीय खुल्ला फुटबल पारा कर्णालीको युवा क्लबले आयोजना गरेको थियो ।कालिकोटमा सुरु भएको फुटबल प्रतियोगिताको पहिलो दिन ए(टुजेट कालिकोटले विजयी भएको छ। लामोसमय देखि कालिकोटमा सामाजिक क्षेत्रमा उदाहरणीय काम गर्दै आएको ए(टुजेट एकेडेमीले दोस्रो दिन पनि विजयी भएको छ।
पारा कर्णालीको आयोजनामा पुस १५ देखि कालिकोट जिल्ला समन्वयको खुल्ला मञ्च मा सुरु भएको ५ ए साईट मिनि फुटबल टुनामेन्ट सुरु भएको छ। खेलमा साविक विजेता ए(टुजेट कालिकोट द्धारा गोल्डेन गेट ट्युसन सेन्टर लाई ०का विरुद्ध ५ गोलले पराजित भएको छ ।विनोद शाहीले ३गोल ललिजंग मल्लले २गोलले विजेता भएको हो ।भने दोस्रो दिनको फुटबल खेल कर्णाली फुटबल क्लब लाई ० का विरूद्व १ गोलले पराजित भएको छ। अन्तिम खेल वल्र्ड हाउस लाई ०का विरुद्ध ३गोलले पराजित भएको छ। सन्तोष शाहीले १ गोल,हिरा सिंहले १ गोल, ललिजंग मल्लले १ गोलले विजेता भएको हो ।
आयोजक क्लवका अध्यक्ष दिनेश विक्रम ठकुरीले विजेता समुहलाई प्रथम र दृतियलाई उचित पुरस्कार,कप ,मेडल हस्तान्तरण गरिएको बताए ।उक्त क्लबका सचिव सोदेश बहादुर शाहीले प्रथम स्थान ए(टुजेट एकेडेमी ट्रेनिङ सेन्टर र दितृय स्थान वल्र्ड हाउसले हात पारेको बताए । साविक विजेता ए(टुजेट कालिकोट भएको हुनाले ए(टुजेट एकेडेमी ट्रेनिङ सेन्टर का सञ्चालक तुलराज पाण्डेले यो पटकपटकको फुटबल खेलको कप आफ्नो ए(टुजेट कालिकोटले नै जित्नेको बताएका छन् ।
ए(टुजेट कालिकोटका खेलाडीहरु सन्तोष शाही ,विनोद शाही ,ललिजंग मल्ल ,राज सावत,जगत चौलागाईं ,हिरा सिंह ,प्रकाश वराल, उक्त खेलको क्याप्टेन लघुराज शाही रहेका थिए।यस ए(टुजेट एकेडेमी ट्रेनिङ सेन्टर खेलकुदमा मात्रै होइन शिक्षा क्षेत्रमा पनि राम्रो काम गर्दै आएको ए(टुजेट का दक्ष एवं ख्यातिप्राप्त शिक्षक भुमि प्रसाद आचार्यले यस ट्युसनमा पढेर गएका विद्यार्थीले राम्रो अंक ल्याए उत्तीर्ण गरेको दावि समेत गर्नुभयो ।यस ए(टुजेट एकेडेमी ट्रेनिङ सेन्टर का व्यास्थापक लक्ष्मण कुमार शाही ले आगामी दिनमा पनि यस्ता खेलहरु खेलाउने बताए ।
प्रतिक्रिया