माधव तिमिल्सैना,
अछामः वल्डभिजन ईन्टरनेश्नल नेपालको आर्थीक सहयोग, आस्था नेपाल अछामको आयोजना र श्री पशुपती मा. वि. चाल्साको समन्वयमा श्री पशुपती माबि चाल्सामा बिद्यालय स्तरीय बालक्लब गठन गरिएको छ। बालबालिकाहरूको हक ,अधिकार लाई सुनिश्चित गर्न र बालअधिकारको प्रत्याभुत गराई बालसम्बृध्दि गराउने र बालबालिकाहरूको सर्वाङ्गीण बिकासमा सहयोग पुर्याउने उदेश्यकासाथ उक्त बालक्लब गठन गरिएको हो।
उक्त बिद्यालयका पुर्व बालक्लब सदस्य लोक बहादुर ढोलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा करीव तीस जना बालबालिकाहरूको सहभागीता रहेको थियो। भेलाबाट प्रतिमा साउदको अध्यक्षतामा २१ सदस्यीय श्री सिर्जनशिल बालक्लब गठन गरिएको छ। जसको उपाध्यक्षमा दिपेन्द्र थापा,सचिबमा दिपीका थापा, सहसचिबमा रमेश उपाध्याय, कोषाध्यक्षमा सबिता भट्टराई रहनु भएको छ।
बिद्यालयका सहायक प्रधानाध्यापक श्री लोकेन्द्र चलाउने प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा वाक नेपाल अछामका डबल प्रसाद भाट, आस्था नेपाल अछाम बाल स्पोन्सरसीप परियोजनाका अम्बिका थापा लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण आस्था नेपाल अछाम बालसंरक्षण परियोजनाका सामाजिक परिचालक खगेन्द्र प्रसाद उपाध्यायले गर्नु भएको थियो।
प्रतिक्रिया