माधव तिमिल्सैना,
अछामः पञ्चदेवल विनायक नगरपालिका ७ मा रहेको पुल्लेतोला स्वास्थ्य चौकीमा सञ्चालित २ दिने अस्थायी बन्ध्याकरण शिबिर आज सकिएको छ । पन्चदेवल विनायक नगरपालिकाको आयोजनामा सन्तानको रहर पुगेका महिलाहरुको लागि शिबिरको आयोजना गरिएको थियो । सन्तानको रहर पुगिसकेका महिलाहरुले आगामी दिनमा विनायक स्वास्थ्य चौकिबाट पनि स्वास्थ्य सेवा लिन सकिने शिबिर सन्चालन गरिरहनुभएका भरत खत्रीले बताउनुभयो ।
उक्त्त शिबिरमा स्वास्थ्य शाखा संयोजक लक्ष्मीकान्त बजगाई, सहसंयोजक जनक ब.बुढा, सेवा प्रदायक भरत खत्री, पुल्लेतोला स्वास्थ्यचौकि ईन्चार्ज पदम प्याकुरेल, नविन धमाला, शान्ति रावल, निशा रावल लगायतको उपस्थिति रहेको थियो । शिबिरको पहिलो दिन हिजो ६ जना र आज १२ जना गरि जम्मा १८ महिलाहरुले सेवा लिएका छन् । शिबिर हिजोबाट पुल्लेतोला स्वास्थ्य चौकीमा सुरु भएको थियो ।
प्रतिक्रिया