Achham Today (अछाम टुडे)
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

पुस १७ गते,शुक्रवार कस्तो छ,आजको दिन तपाईंको राशिफल-अछाम टुडे

अछाम टुडे by अछाम टुडे
जनवरी 1, 2021
in सूचना प्रविधि
167
0
130
SHARES
209
VIEWS
Share on FacebookShare on Twitter

२०७७ पुस १७ गते, शुक्रवार, १ जनवरी २०२१। पौष कृष्णपक्ष, द्वितीया तिथि

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला। निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला।

वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। लेनदेनमा अलि होसियार रहनुहोला।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। तर आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयन गर्न सकिनेछ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
चिताएको काम रोकिए पनि रमाइलो जमघटमा सहभागी बन्ने अवसर आउला। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले नयाँ काममा हौसला जगाउनेछ। तर आगन्तुकहरूले अलमल्याउने हुँदा काममा बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। महत्वाकांक्षी योजना बिग्रन सक्छ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पछिका लागि केही वस्तु त्याग्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, खर्च बढ्नेछ भने समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर प्राप्त हुनेछ।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पहिलेको आम्दानी प्राप्त हुनाले समस्या टर्नेछ। मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। तर धेरै फाइदा उठाउन भने नसकिएला। केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने हुन सक्छ। श्रमको राम्रै मूल्यांकन भए पनि उपलब्धि तत्कालै प्राप्त नहुन सक्छ। जिम्मेवारी भने प्राप्त हुनेछ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ।

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आँटले काम लिन नसक्दा केही पछि परिनेछ। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ। प्रतिफल हातपार्न केही समय लाग्नेछ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
मेहनत गर्दा भाग्योन्नतिको समय छ। सानो प्रयत्नले दिगो लाभ उठाउन सकिनेछ। काम देखाएर अरूको मन लोभ्याउने समय छ। शुभचिन्तकहरूले साथ दिनाले कर्मयोग बलियो रहनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पदीय जिम्मेवारीसमेत प्राप्त हुन सक्छ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। व्यस्तता बढ्नेछ भने शारीरिक थकानले कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। धेरै लगानी पर्ने काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। अनावश्यक अडान लिने बानीले पनि समस्या निम्त्याउनेछ।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। शुभचिन्तकहरूले साथ–सहयोग प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। नयाँ जिम्मेवारी सम्हाल्दै दाम र प्रतिष्ठा हातपार्ने बेला छ। यात्राको प्रक्रिया अघि बढ्न सक्छ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
काममा केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिने

Previous Post

कुनै गुट उपगुट नभएको नगर कमिटीको दाबि सम्पूर्ण वडा कमिटीको बैठक गरिसक्ने लगायतका निर्णय पारित

Next Post

पुल्लेतोला स्वास्थ्य चौकीमा सञ्चालित २ दिने अस्थायी बन्ध्याकरण शिबिरको समापन-अछाम टुडे

Next Post

पुल्लेतोला स्वास्थ्य चौकीमा सञ्चालित २ दिने अस्थायी बन्ध्याकरण शिबिरको समापन-अछाम टुडे

प्रतिक्रिया

ताजा समाचार

विशेष

हिच्माको हृदय– बडिरुख चौतारी र जाल्पा देवी मन्दिर : पुनर्निर्माणको पर्खाइमा

by सागर देबकोटा
जुन 15, 2025
0

टंक प्रसाद रिमाल_अछामको ढकारी गाउँपालिका–२, साविकको हिच्मा गाविसको मध्य भागमा रहेको ऐतिहासिक बडिरुख चौतारी र यससँगै जोडिएको जाल्पा देवी मन्दिर आज...

Read more

एलिना चौहानको ‘गल्ती गरे माया लाएर’ सार्वजनिक

जुन 13, 2025

भारतमा रहेका युवाको पहलमा अछाम डाडिगडेमा जाल्पा देवी मन्दिर निर्माण सम्पन्न

जुन 4, 2025

चौरपाटीको शान्ति देवी माविमा आत्महत्या र लागू औषध दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

मे 28, 2025

मेल्लेख–६, षोडषादेवी पूर्ण बालमैत्री वडा घोषणा

मे 25, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय

    © 2020 Achham Today| With ❤️ by Webpal

    No Result
    View All Result
    • अछाम बिशेष
    • कला
    • कारोबार
    • खेल
    • ग्लोबल
    • प्रदेश
    • राजनीति
    • समाज
    • सूचना प्रविधि
    • विशेष

    © 2020 Achham Today| With ❤️ by Webpal

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Create New Account!

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In